आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६ सेप्टेम्बर ५ तारिख। भदौ कृष्ण पक्षको नवमी तिथि। मानव बेचविखनविरुद्ध राष्ट्रिय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। साथीभाइसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष : आम्दानीका दृष्टिले दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले सार्थकता पाउने छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए आम्दानी बढ्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम छ।

मिथुन : दिन राम्रो छ। बन्धुसँग गरेको कारोबारले फाइदा हुनेछ। व्यापारमा लगानी गर्ने हिम्मत गर्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा प्रवेश नगर्नु उचित हुन्छ। आफ्नो विरोधी आवाज सुन्नुपर्ने हुनसक्छ।

कर्कट : आज सामान्य राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। सम्पत्तिको दौडमा इज्जतको ख्याल गर्नुपर्ने दिन छ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।

सिंह : दिन राम्रो छ। व्यापारमा सुधारका संकेत देखिने छन्। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको कामले सार्थकता पाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कन्या : तपाईंका लागि आजको दिन राम्रो छैन। ठुलो काम सुरु नगर्नु उचित हुन्छ। हरेक क्षेत्रमा अवरोध हुनेछ। सेवा गरेका मान्छेलाई खुशी पार्न कठिन हुनेछ। कृषि क्षेत्रको व्यापारमा भने नाफा हुने देखिन्छ।

तुला : दिन राम्रो छ। आम्दानीका स्रोतको परिचालन गर्नुपर्ने देखिन्छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्ने छ। कार्यक्षेत्रमा तपाईंको बढुवा हुनेछ।

वृश्चिक : दिन सामान्य राम्रो छ। श्रमको मूल्यंकन हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्ने छ।

धनु : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। लगानी गरेको भए राम्रो फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

मकर : काम गर्दा सचेत बन्नु पर्ने दिन छ । श्रमको मूल्य प्राप्त हुनेछ । आज पारिवारिक मेलमिलाप हुनेछ ।  परिवारको सल्लाहमा गरेको काम सफल बन्ने छ। मिहिनेतको फल मिल्ने योग छ ।

कुम्भ : संकटमा परिवारको साथ मिल्ने छ। रमाइलो घुमघामको तय हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्ने छ। दाम्पत्य जीवनमा तपाईंको जित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

मीन : दिन सामान्य छ। टाउको र शरीर दुख्ने जोखिम छ। शिक्षाको क्षेत्रमा अल्छिपनले घाटा हुने छ। परिवारको साथमा गरेको काम सफल बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ५ : २५ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन