जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल « Khabarhub

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गराउनेले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन्।

एमाले विशेष सङ्गठन कमिटीले शनिबार केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्योगिक राष्ट्रले सिर्जना गरेको समस्याका कारण अनाहकमा हजारौँ नेपालीले ज्यान गुमाउनुपरेको दुखान्तको न्यायपूर्ण निरूपण हुनुपर्ने माग गरेका छन्।

“विकसित देशहरूले ठूला-ठूला उद्योग र आणविक भट्टीबाट अति कार्बन उत्सर्जन गरे, त्यसको मार हामीजस्ता विकासशील देशहरूले भोग्नुपरेको छ,” पोखरेलले भने, “हामीकहाँ भएको जनधनको क्षतिपूर्ति उनीहरूले तिर्नुपर्छ। यो न्यायको अभियानमा विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ।”

महासचिव पोखरेलले एमाले पीडितको राहत, उद्धार र पुनर्स्थापनाका लागि अहोरात्र खटिरहेको बताए। पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूसहितको टोली बाढीप्रभावित क्षेत्रमा पुगेर स्थलगत अवस्था बुझेपछि यो क्रमलाई अझ तीव्र पारिएको उनले बताए। “हाम्रा पार्टीका नेता तथा जनसङ्गठनहरू बाढीलगत्तै उद्धार तथा राहतमा अहोरात्र खटेका छन्,” पोखरेलले भने, “राहत सामग्री पीडितसम्म पुर्‍याउने काम पनि हामीले गरिरहेका छौँ।”

पोखरेलले एमाले सरकारले अघि सार्ने पुनर्स्थापना तथा पुनर्निर्माणको काममा सहयोगी हुने बताएका छन्। “एमालेमा विगतका विपत्तिमा पनि उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणमा उल्लेखनीय सफलता हासिल गरेका नेता-कार्यकर्ताहरू हुनुहुन्छ,” पोखरेलले भने, “त्यो अनुभव हामी रसुवा र नुवाकोटको बाढीप्रभावित क्षेत्रमा प्रयोग गर्छौँ। सरकारले अघि सार्ने यस्ता काममा हाम्रो साथ रहन्छ।”

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  ११ : ०६ बजे

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६