रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक « Khabarhub

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक


२० भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका ११ जनाको विवरण सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक यादवका अनुसार हालसम्म चितवन ठेगाना भएका ११ जना बाढीमा हराएका जानकारी प्रहरीमा आएको छ ।

हराइरहेकामा भरतपुर महानगरपालिका-५ तोरीखेतका ४० वर्षीय महेश नेपाली, भरतपुर-१६ फुर्तिचोकका ४० वर्षीय विकासबाबु अधिकारी, खैरहनी नगरपालिका-६ पर्साका ३१ वर्षीय रिकेशकुमार श्रेष्ठ, माडी नगरपालिका-६ कल्याणपुरका ७० वर्षीय कृष्णराज अर्याल, राप्ती नगरपालिका-८ खुर्खुरेका ५१ वर्षीय योगबहादुर खड्का, भरतपुर-२३ जगतपुरका ४१ वर्षीय केशवराज चलिसे, हाल भरतपुर-५ छमुखेचोक बस्दै आएका लमजुङको बेँसीसहर नगरपालिका-१ का २३ वर्षीय सुगम सिलुवाल, रत्ननगर-१२ सालघारीका १४ वर्षीय गेहित सुनार, रत्ननगर-२ का ४६ वर्षीय अर्जुनकान्त थपलिया, माडी-८ फकरेटाकी ३५ वर्षीया सुमित्रा भण्डारी थापा र भरतपुर-७ कृष्णपुरका ३६ वर्षीय विक्रम उपाध्याय रहेका छन् । 

यो विवरण हालसम्म प्रहरीमा प्राप्त सूचनाका आधारमा तयार गरिएको उनले बताए ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  १२ : ४२ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य