नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका ११ जनाको विवरण सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक यादवका अनुसार हालसम्म चितवन ठेगाना भएका ११ जना बाढीमा हराएका जानकारी प्रहरीमा आएको छ ।
हराइरहेकामा भरतपुर महानगरपालिका-५ तोरीखेतका ४० वर्षीय महेश नेपाली, भरतपुर-१६ फुर्तिचोकका ४० वर्षीय विकासबाबु अधिकारी, खैरहनी नगरपालिका-६ पर्साका ३१ वर्षीय रिकेशकुमार श्रेष्ठ, माडी नगरपालिका-६ कल्याणपुरका ७० वर्षीय कृष्णराज अर्याल, राप्ती नगरपालिका-८ खुर्खुरेका ५१ वर्षीय योगबहादुर खड्का, भरतपुर-२३ जगतपुरका ४१ वर्षीय केशवराज चलिसे, हाल भरतपुर-५ छमुखेचोक बस्दै आएका लमजुङको बेँसीसहर नगरपालिका-१ का २३ वर्षीय सुगम सिलुवाल, रत्ननगर-१२ सालघारीका १४ वर्षीय गेहित सुनार, रत्ननगर-२ का ४६ वर्षीय अर्जुनकान्त थपलिया, माडी-८ फकरेटाकी ३५ वर्षीया सुमित्रा भण्डारी थापा र भरतपुर-७ कृष्णपुरका ३६ वर्षीय विक्रम उपाध्याय रहेका छन् ।
यो विवरण हालसम्म प्रहरीमा प्राप्त सूचनाका आधारमा तयार गरिएको उनले बताए ।












प्रतिक्रिया