बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार « Khabarhub

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार


२० भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले आनन्द श्रेष्ठको घरबाट ती महिलालाई सकुशल बाहिर निकालेको हो।

 सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा रहेको टोलीले विदुर नगरपालिका–१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो । 

गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उनको उद्धार गरिएको हो ।

 उनी हिलोमा गाडिएको अवस्थामा थिइन्। थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ पठाइएको छ ।

 यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ आयोजनास्थलबाट एक जना चिनियाँ नागरिकको उद्धार गरेको थियो। त्यस्तै, त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट पनि हिजो दुई जनाको उद्धार गरिएको थियो।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार  २ : ०१ बजे

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, दर्जनौँ घाइते

लापाज- बोलिभियाको सैन्य परिसरमा भएका दुई वटा छुट्टाछुट्टै विस्फोटमा कम्तिमा

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको