खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया « Khabarhub

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया


२० भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही दिन पछि शनिबार खाडी देशहरुको प्रमुख तेल केन्द्र खर्ग टापु नजिकै धेरै विस्फोट भएको इरानी मिडियाले रिपोर्ट गरेका छन् । फार्स समाचार एजेन्सीले धेरै विस्फोटको आवाज सुनेको तर त्यहाँ धुवाँ नदेखिएको जनाएको छ भने एसएनएन समाचार एजेन्सीले टापु नजिकै अमेरिकाले इरानी ट्याङ्करलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।

अमेरिकी वा इरानी अधिकारीहरूबाट हाल सम्म कुनै आधिकारिक टिप्पणी नआएको जनाइएको छ । युद्ध सुरु भएको छ महिना पछि युद्धरत देशहरु बीचको लडाइँ गत आइतबार इरानमाथि अमेरिकी आक्रमणको साथ पुनः सुरु भएको जनाइएको छ ।

अमेरिकी आक्रमण पछि तेहरानले मध्यपूर्वमा अमेरिकी लक्ष्यहरूमा जवाफी आक्रमण जारी राखेको जनाइएको छ । इरानले बिहीबार आफ्नो सशस्त्र बलले कुवेत र संयुक्त अरब इमिरेट्सका अवस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको छ भने विवाह समारोहमा भएको नागरिकहरूको मृत्युको बदला लिने प्रतिबद्धता व्यक्त गरेको छ ।

वासिङ्टनले इरानी बन्दरगाहहरूको प्रति–अवरोध कायम राख्दै गर्दा इरानले जहाजहरूको बाटो अवरुद्ध गर्दै, दुवै पक्षले रणनीतिक स्ट्रेट अफ होर्मुजको नियन्त्रणका लागि पनि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  ५ : ४७ बजे

बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

भद्रपुर– झापाका प्रमुख बजारको स्वरूप फेरिँदै गएको छ । व्यापारिक

उपनिर्वाचन नहुँदा १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५

काठमाडौँ – देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ – टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल

ढोरपाटनमा पर्यटकको चहलपहल बढ्यो, विदेशी सिकारी सिकारमा व्यस्त

बागलुङ– प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्खला र फराकिला पाटनले

चारलेन सडक निर्माणसँगै खजुराबजारका फेरिएको मुहार

राँझा– विगत नौ वर्षदेखि अलपत्र अवस्थामा रहेको चारलेन सडक निर्माण