कोहलपुर नगर अस्पतालमा आजदेखि ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा « Khabarhub

कोहलपुर नगर अस्पतालमा आजदेखि ‘एन्टिरेबिज भ्याक्सिन’ सेवा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – कुकुर तथा अन्य जनावरको टोकाइबाट हुने रेबिजको जोखिम न्यूनीकरणका लागि कोहलपुर नगर अस्पतालले आजदेखि नियमित एन्टिरेबिज भ्याक्सिन (एआरभी) सेवा सञ्चालनमा ल्याएको छ।

यसअघि एआरभी सेवा लिन कोहलपुरवासी नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यता थियो। नगर अस्पतालमै सेवा सुरु भएपछि कोहलपुर र आसपासका रेबिजको जोखिममा परेका सेवाग्राहीलाई सहज हुने भएको छ।

नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माले रेबिजको जोखिममा परेका सेवाग्राहीले अब नगर अस्पतालबाटै एआरभी सेवा लिन सक्ने बताए।

उनले जनावरले टोकेमा उपचारमा ढिलाइ नगरी तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरे। चिकित्सकको सल्लाहअनुसार निर्धारित समयमा एआरभी खोप लगाउन पनि उनले अनुरोध गरे।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : २८ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई