नेपालगञ्ज – कुकुर तथा अन्य जनावरको टोकाइबाट हुने रेबिजको जोखिम न्यूनीकरणका लागि कोहलपुर नगर अस्पतालले आजदेखि नियमित एन्टिरेबिज भ्याक्सिन (एआरभी) सेवा सञ्चालनमा ल्याएको छ।
यसअघि एआरभी सेवा लिन कोहलपुरवासी नेपालगञ्जस्थित भेरी अस्पताल पुग्नुपर्ने बाध्यता थियो। नगर अस्पतालमै सेवा सुरु भएपछि कोहलपुर र आसपासका रेबिजको जोखिममा परेका सेवाग्राहीलाई सहज हुने भएको छ।
नगर अस्पतालका जनस्वास्थ्य अधिकृत प्रकाश विश्वकर्माले रेबिजको जोखिममा परेका सेवाग्राहीले अब नगर अस्पतालबाटै एआरभी सेवा लिन सक्ने बताए।
उनले जनावरले टोकेमा उपचारमा ढिलाइ नगरी तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरे। चिकित्सकको सल्लाहअनुसार निर्धारित समयमा एआरभी खोप लगाउन पनि उनले अनुरोध गरे।














प्रतिक्रिया