६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने « Khabarhub

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र कटानका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडक आगामी ६ दिनभित्र पूर्ण रूपमा सुचारु हुने अनुमान गरिएको छ । 

सडक विभागका अनुसार हाल विभिन्न खण्डमा पहिरो पन्छाउने, कटान मर्मत गर्ने तथा नयाँ ट्रयाक खोल्ने कार्य निरन्तर भइरहेको छ ।

सडकको वर्तमान स्थिति अनुसार घासा-कोरला खण्डमा पहिरो हटाई यातायात दुईतर्फी रूपमा नै सञ्चालन भइरहेको छ । त्यसैगरी तातोपानी क्षेत्रमा नदीले काटेको सडकमा ब्याककटिङ तथा टेवा पर्खाल निर्माण गरी यातायात पुनः सुचारु गराइएको छ । राहुघाटदेखि सिरुवारीसम्म भने एकतर्फी सडक खुलेको छ र पोखरेबगर नजिकैको रातोपानी खण्डमा पनि नयाँ ट्रयाक खुलाइएको विभागले जनाएको छ ।

अर्कोतर्फ, केही खण्डहरूमा भने पहिरो र कटानका कारण अत्यधिक क्षति पुगेको छ। रातोपानीका दुई ठाउँमा र भीरकाटे नजिक मानिस समेत पैदल हिँड्न नमिल्ने गरी सडक टुटेको छ । यस्तै, बेगखोला नजिकै करिब १०० मिटर सडक पूर्ण रूपमा काटेको छ भने बैसेरीको पुरानै पहिरो गएको स्थानमा अझ ठूलो पहिरो खसेको विभागले जनाएको छ ।

विभागका अनुसार मर्मत कार्यअन्तर्गत हाल पोखरेबजार पुलको एप्रोच निर्माण भइरहेको छ भने कुनेटोमा ब्याकफिलिङको काम जारी छ । सोमबार बिहानदेखि मुख्य कटान तथा पहिरो गएको अति संवेदनशील क्षेत्र (क्रिटिकल सेक्सन) मा मर्मतको काम सुरु गरिनेछ ।

उक्त मुख्य खण्डको काम सम्पन्न हुन करिब दुई दिन लाग्ने अनुमान गरिएको छ र सबै कार्य सम्पन्न भई समग्रमा अब ६ दिनभित्र बेनी-जोमसोम बाटो पूर्ण रूपमा सुचारु हुने विभागको भनाइ छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : ४३ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई