वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य « Khabarhub

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि नुवाकोट र रसुवा जोड्ने वेत्रावतीस्थित फलाखु खोलामा बेलिब्रिज जडान सुरु भएको छ।

पुल निर्माणका लागि आवश्यक सामग्री ल्याउने क्रम जारी रहेको र बुधबारदेखि नेपाली सेनाको टोलीले पुल जडानको काम सुरु गर्ने भएको छ। दसैँको फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईंका अनुसार पुल निर्माणका लागि आवश्यक सामग्री धादिङको बैरेनी र बारास्थित सेनाको मौज्दातबाट वेत्रावती ल्याउने काम भइरहेको छ। उनका अनुसार आजसम्म सबै सामग्री वेत्रावती आइपुग्नेछन्।

बुधबारदेखि नेपाली सेनाको ५५ जनाको टोलीले बेलिब्रिज जडानको काम सुरु गर्नेछ। सामान्यतया बेलिब्रिज जडान गर्न तीन दिन लाग्ने भए पनि पुरानो ‘जिप’ होचो भएकाले त्यसमा थप दुई मिटर उचाइ बढाइएको छ। थपिएको संरचना सुक्न केही समय लाग्ने भएकाले फूलपातीसम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सेनानी चौलागाईंले बताए।

यसअघि वेत्रावतीमा रहेको पुलको ‘जिप’ भोटेकोशीको बाढीले पुरेको थियो। सोही स्थानमा नयाँ एक्रोब्रिज जडान गर्न पुरानो संरचनामा दुई मिटर उचाइ थपिएको हो। निर्माण गर्न लागिएको एक्रोब्रिज ७४ मिटर लामो र ५.५ मिटर चौडा हुनेछ। पुलको भारवहन क्षमता ६० टन रहने बताइएको छ।

वेत्रावतीसम्म सडक पहुँच पुगेपछि पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी तथा निर्माण कार्य अघि बढाउन सहज भएको छ। गल्छी–रसुवागढी सडक योजनाको कार्यालयले सडक पहुँच खुलाएपछि पुल निर्माणको कामले गति लिएको हो।

सडक पहुँच खुल्नुअघि नै नेपाली सेनाले वैकल्पिक मार्गबाट उक्त स्थानमा पुगेर पुल निर्माणका लागि आवश्यक स्थलगत अध्ययन (रेक्की) तथा ‘जिप’को उचाइ थप गर्ने काम सम्पन्न गरेको थियो।

भोटेकोशी बाढीबाट क्षतिग्रस्त आगिटार–वेत्रावती सडकखण्ड पनि यही शनिबारदेखि सञ्चालनमा आएको छ। दशैँअघि वेत्रावतीमा पुल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सके नुवाकोटबाट रसुवाको धुञ्चेसम्म सडकमार्फत आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

पुल सञ्चालनमा आएपछि बाढीका कारण अवरुद्ध नुवाकोट–रसुवा सडक सम्पर्क पुनःस्थापित हुनेछ। रसुवासँगको सडक सञ्जाल प्रभावकारी नहुँदा बाढीपछि जिल्लाको दैनिक जनजीवन प्रभावित हुँदै आएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  १ : ४९ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’

इजरायलमा तीन वर्षमा १ हजार ३१८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौँ– इजरायलको रक्षा मन्त्रालयले सन् २०२३ अक्टोबर ७ देखि जारी

सञ्चार क्षेत्र व्यवस्थित गर्न बलियो नियामक संयन्त्र आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार तथा पत्रकारिता क्षेत्रलाई

ब्राजिल निर्वाचन : पूर्वराष्ट्रपति जइरका छोरा फ्लेभियोलाई अग्रता, बोल्सोनारो परिवार मालामाल

रियो- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका जेठा छोरा फ्लेभियो