रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार « Khabarhub

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ।

भारतीय ठेकेदारमार्फत लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र नौ बालिकालाई अलपत्र अवस्थामा उद्धार गरी सोमबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

इँटाभट्टा सञ्चालक मोहम्मद मुजामिलका अनुसार कामदारका लागि रासनखर्च व्यवस्थापन गर्ने भन्दै चार दिनअघि भारतीय ठेकेदार मोहम्मद नासिरले आफूसँग भारु छ लाख लिएर सम्पर्कविहीन भएका थिए। त्यसपछि इँटाभट्टामा काम गर्न आएका कामदार अलपत्र परेका हुन्।

उत्तर प्रदेशको मुरादाबादबाट आगामी असारसम्म इँटाभट्टामा काम गर्ने गरी आश्रित परिवारसहित ती कामदारलाई ल्याइएको थियो। ठेकेदार एक्कासि सम्पर्कविहीन भएपछि इँटाभट्टा सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरी नायब उपरीक्षक गौतमले बाहिरबाट कामदार ल्याएर अलपत्र पार्ने भारतीय ठेकेदार नासिरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको बताए।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : २२ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई