रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार « Khabarhub

रौतहटको इँटाभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट- प्रहरीले रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरस्थित एक इँटाभट्टामा अलपत्र परेका ४२ जना भारतीय नागरिकको उद्धार गरी स्वदेश फर्काएको छ।

भारतीय ठेकेदारमार्फत लक्ष्मीपुरस्थित मदिना इँटाभट्टामा काम गर्न आएका १२ पुरुष, ११ महिला, १० बालक र नौ बालिकालाई अलपत्र अवस्थामा उद्धार गरी सोमबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए।

इँटाभट्टा सञ्चालक मोहम्मद मुजामिलका अनुसार कामदारका लागि रासनखर्च व्यवस्थापन गर्ने भन्दै चार दिनअघि भारतीय ठेकेदार मोहम्मद नासिरले आफूसँग भारु छ लाख लिएर सम्पर्कविहीन भएका थिए। त्यसपछि इँटाभट्टामा काम गर्न आएका कामदार अलपत्र परेका हुन्।

उत्तर प्रदेशको मुरादाबादबाट आगामी असारसम्म इँटाभट्टामा काम गर्ने गरी आश्रित परिवारसहित ती कामदारलाई ल्याइएको थियो। ठेकेदार एक्कासि सम्पर्कविहीन भएपछि इँटाभट्टा सञ्चालकले प्रहरीलाई जानकारी गराएका थिए।

प्रहरी नायब उपरीक्षक गौतमले बाहिरबाट कामदार ल्याएर अलपत्र पार्ने भारतीय ठेकेदार नासिरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको बताए।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : २२ बजे

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

काठमाडौँ- नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत