गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा « Khabarhub

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार गए राति ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम राजमार्गतर्फ जाँदै गरेको ना ७ ख १८२५ नं को ट्रक जाँच गर्ने क्रममा बन्दाकोबीले छोपेको अवस्थामा ८३ वटा प्लास्टिकका बोरामा दुई हजार ५६६ किलो ५६० ग्राम गाँजा बरामद भएको हो । 

प्रहरीले सो ट्रकसहित गाँजा ओसारपसारमा संलग्न चालक धनकुटा सहिदभूमि गाँउपालिका–२ का राजु राई र सहचालक  सन्दीप राईलाई नियन्त्रणमा लिएको छ । 

अहिले बरामद गरिएको गाँजासहित पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : ४५ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृहमन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन