गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा « Khabarhub

गाँजासहित ट्रक चालक र सहचालक प्रहरी नियन्त्रणमा


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

 विराटनगर– सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार गए राति ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिम राजमार्गतर्फ जाँदै गरेको ना ७ ख १८२५ नं को ट्रक जाँच गर्ने क्रममा बन्दाकोबीले छोपेको अवस्थामा ८३ वटा प्लास्टिकका बोरामा दुई हजार ५६६ किलो ५६० ग्राम गाँजा बरामद भएको हो । 

प्रहरीले सो ट्रकसहित गाँजा ओसारपसारमा संलग्न चालक धनकुटा सहिदभूमि गाँउपालिका–२ का राजु राई र सहचालक  सन्दीप राईलाई नियन्त्रणमा लिएको छ । 

अहिले बरामद गरिएको गाँजासहित पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  २ : ४५ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई