४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन « Khabarhub

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’ को सम्पूर्ण छायांकन निर्धारित समयभन्दा अगावै सकिएको छ ।

निर्माण टिमले ४५ दिनको छायांकन सेड्युल तय गरे पनि फिल्मको सुटिङ पाँच दिनअघि नै अर्थात् ४० दिनमै पूरा गरेको हो ।

पोखराबाट क्यामेरा पूजाअर्चना गर्दै छायांकन सुरु गरेको फिल्मको काम तोकिएको समयभन्दा छिटो सकिएपछि निर्देशक थापाले निर्माण टिमको मेहनत र सहकार्यका कारण समयमै काम पूरा भएको बताएका छन्।

प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई र कृष्ण ढुङ्गानाको पनि अभिनय छ।

निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काले यसअघि चर्चित फिल्म ‘प्रेम गीत’ मा सहकार्य गरेका थिए। त्यसैले ‘शुभ विवाह’मा यो जोडीको पुनः सहकार्यलाई पनि चासोका साथ हेरिएको छ ।

सुप्रिया कटुवालको लगानी रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्। प्रदीप श्रीवास्तवले कथा लेखेका हुन् भने रामशरण पाठकले पटकथा तथा संवाद तयार पारेका छन् ।

अब छायांकनपछि फिल्मको पोस्ट प्रोडक्सनको काम अघि बढ्नेछ। ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : ४० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली