४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन « Khabarhub

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’ को सम्पूर्ण छायांकन निर्धारित समयभन्दा अगावै सकिएको छ ।

निर्माण टिमले ४५ दिनको छायांकन सेड्युल तय गरे पनि फिल्मको सुटिङ पाँच दिनअघि नै अर्थात् ४० दिनमै पूरा गरेको हो ।

पोखराबाट क्यामेरा पूजाअर्चना गर्दै छायांकन सुरु गरेको फिल्मको काम तोकिएको समयभन्दा छिटो सकिएपछि निर्देशक थापाले निर्माण टिमको मेहनत र सहकार्यका कारण समयमै काम पूरा भएको बताएका छन्।

प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्। उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई र कृष्ण ढुङ्गानाको पनि अभिनय छ।

निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काले यसअघि चर्चित फिल्म ‘प्रेम गीत’ मा सहकार्य गरेका थिए। त्यसैले ‘शुभ विवाह’मा यो जोडीको पुनः सहकार्यलाई पनि चासोका साथ हेरिएको छ ।

सुप्रिया कटुवालको लगानी रहेको फिल्ममा साम भुजेल कार्यकारी निर्माता छन्। प्रदीप श्रीवास्तवले कथा लेखेका हुन् भने रामशरण पाठकले पटकथा तथा संवाद तयार पारेका छन् ।

अब छायांकनपछि फिल्मको पोस्ट प्रोडक्सनको काम अघि बढ्नेछ। ‘शुभ विवाह’ आगामी फागुन २१ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : ४० बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ