हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो « Khabarhub

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो परेको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा किसानले खेतबारी खनजोत गरी हिउँदे आलु लगाउने कामलाई तीव्रता दिएका हुन् । 

छोटो समयमै उत्पादन लिन सकिने र स्थानीय बजारमा बिक्री गर्न सहज हुने भएपछि किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाका बोखिम, दावा, पोखरे, टक्सार, कोट, दलगाउँलगायतका क्षेत्रमा हिउँदे आलुको खेती हुँदै आएको छ । किसानले आफ्नो खेतबारीमा अन्य बालीको तुलनामा कम समयमै उत्पादन लिन सकिने भएकाले आलुखेतीलाई प्राथमिकता दिने गरेका छन् ।

स्थानीयस्तरमा उत्पादन भएको आलु भोजपुरका बजारमा खपत हुनुका साथै छिमेकी जिल्ला तथा तराईका बजारसम्म पुग्ने गरेको किसान बताउँछन् । बजारमा माग राम्रो हुने र समयमै उत्पादन गरेर बिक्री गर्न सके आम्दानीसमेत राम्रो हुने भएकाले किसानले आलु रोपाइँलाई प्राथमिकता दिएका हुन् ।

भोजपुर नगरपालिका–४ सिद्धेश्वरका स्थानीय किसान यगिन्द्रबहादुर विष्टले समयमै रोपेको आलुले राम्रो मूल्य पाउने भएकाले अहिले आलु लगाउने काममा व्यस्त रहेको बताए ।  

‘अलि चाँडै रोपेको आलु बजारमा पुर्याउन सकियो भने राम्रो मूल्य पाइन्छ’,उनले भने, ‘त्यसैले अहिले खेतबारी तयार गरेर आलु रोप्ने काममा लागेका छौँ ।’

भोजपुरमा हिउँदे आलु मुख्यतः तरकारीका रूपमा प्रयोग हुने गरेको छ । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँदे र वर्षे गरी गत वर्ष कूल ५१ हजार ९०० मेट्रिकटन आलु उत्पादन भएको थियो । 

जिल्लामा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको केन्द्रले जनाएको छ । आलुखेतीबाट छोटो अवधिमै उत्पादन लिन सकिनु साथै बजारको मागसमेत राम्रो रहेको छ । 

जिल्लाका विभिन्न क्षेत्र आलुखेतीका लागि उपयुक्त वातावरण भएकाले आगामी दिनमा यसको क्षेत्र विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ३ : ५९ बजे

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न