एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ? « Khabarhub

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली चलचित्र प्रदर्शनमा आए ,‘आचार्य’, ‘बाः एक योद्धा’ र ‘जदौ’। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार यीमध्ये ‘बाः एक योद्धा’ले कमाइमा अग्रता लिएको छ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ले १० दिनको अवधिमा एक करोड ९३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यो चलचित्रलाई सो अवधिमा ६५ हजार ५६० दर्शकले हेरेका छन्।

अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको ‘आचार्य’ ले पनि बक्स अफिसमा डेढ करोडको आँकडा पार गरेको छ। चलचित्रले १० दिनमा एक करोड ५६ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दा ५४ हजार १०६ दर्शक हलसम्म पुगेका छन्। फिल्ममा निखिल उप्रेतीसँगै पूर्णिका सिजापती, प्रमोद अग्रहरिलगायत कलाकारको अभिनय छ।

यता अञ्जन शर्मा र काजी लिम्बूको संयुक्त निर्देशनमा बनेको ‘जदौ’ को व्यापार भने तुलनात्मक रूपमा कमजोर देखिएको छ। फिल्मले १३ लाख ९८ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने ३ हजार ८६७ दर्शकले फिल्म हेरेका छन्।

यसरी एउटै मितिमा प्रदर्शनमा आएका तीन फिल्ममध्ये हालसम्म ‘बाः एक योद्धा’ले दर्शक र कमाइ दुवैमा बाजी मारेको बोर्डको तथ्यांकले देखाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ४ : ५४ बजे

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल