प्रधानमन्त्री शाहलाई भेट्न पुगे भारतीय विदेश सचिव मिश्री  « Khabarhub

प्रधानमन्त्री शाहलाई भेट्न पुगे भारतीय विदेश सचिव मिश्री 


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्दै छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १२ बजे हुने भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका उनी बुधबार यहाँ आइपुगेका थिए । विदेश सचिव मिश्रीले बुधबार नै परराष्ट्र सचिव अमृतबहादुर राइसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए ।

भ्रमणका क्रममा विदेश सचिव मिश्रीले बुधबार नै अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनिल लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए ।

विदेश सचिव मिश्री भ्रमण सम्पन्न गरी आजै काठमाडौंँबाट नयाँदिल्ली प्रस्थान गर्ने छन् ।
 

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ११ : २७ बजे

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका

सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन

काठमाडौं– सरकारले सातवटै प्रदेश जलन उपचार सेवालाई थप प्रभावकारी बनाउने

युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘बाटुलो जून’

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जून’ले प्रदर्शनअघि नै

सुनको असर्फी तथा चाँदीका मेडालियन किन्नेको भीड

काठमाडौं– नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा बिहीबारदेखि सुनको असर्फी तथा

गहुँको मूल्य प्रतिकिलो ५० रुपैयाँ पुग्यो

काठमाडौं– वैशाखमा ४२ रुपैयाँ प्रति किलो रहेको गहुँको मूल्य बढेर