युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘बाटुलो जून’ « Khabarhub

युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा ‘बाटुलो जून’


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जून’ले प्रदर्शनअघि नै दर्शकमाझ चर्चा बटुल्न थालेको छ । बुधबार साँझ सार्वजनिक भएको फिल्मको ट्रेलरले तीन लाखभन्दा बढी भ्युज पाएको छ । युट्युबको फिल्म सेक्सनमा दोस्रो स्थानमा ट्रेन्डिङ भएपछि फिल्मप्रति दर्शकको चासोसमेत बढेको देखिन्छ।

सार्वजनिक ट्रेलरले फिल्मको प्रेमकथासँगै केही रहस्यमय र भावनात्मक पक्षलाई पनि उजागर गरेको छ । ट्रेलरमा अनमोल गाउँमा पढाउन पुगेका एक शिक्षकको भूमिकामा देखिएका छन् । गाउँमा उनको भेट प्रिन्सी खतिवडासँग हुन्छ । उनीहरूबीच बढ्दै गएको सामीप्यता र अनमोलले विवाहको प्रस्ताव राखेको दृश्यले फिल्मको प्रेमकथालाई संकेत गर्छ ।

तर ‘बाटुलो जून’ केवल प्रेमकथामा मात्र सीमित देखिँदैन । ट्रेलरमा अभिनेता भुवन केसी र अभिनेत्री गरिमा पन्तका पात्रले भोगिरहेका बाध्यता तथा परिस्थितिको झलक पनि देख्न सकिन्छ । यद्यपि, उनीहरूको चरित्र र कथामा रहेको भूमिकाबारे निर्माण पक्षले धेरै कुरा खुलाएको छैन ।

काव्यात्मक प्रस्तुति, डार्क कमेडी र प्रेमकथाको मिश्रण देखिएको ट्रेलरले फिल्मको कथावस्तुबारे दर्शकमाझ कौतुहलता सिर्जना गरेको छ । विशेषगरी अनमोलको फरक चरित्र र भुवन तथा गरिमाको उपस्थितिले फिल्मलाई थप चासोको विषय बनाएको छ ।

भुवन केसीको निर्देशनमा बनेको फिल्म आगामी कात्तिक २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्ममा अनमोल, प्रिन्सी, भुवन र गरिमासँगै नेन्सी खड्का, प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमिल्सिना, लक्ष्मी गिरी, दीपक केसी, रेअर राई र श्वेता मिश्रलगायत कलाकारको अभिनय छ । कृष्ण भण्डारीको सम्पादन रहेको फिल्मको पटकथा तथा संवाद सामीप्यराज तिमिल्सेना र सरिन पोखरेलले संयुक्त रूपमा लेखेका हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  १२ : ०२ बजे

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहा – सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको

सर्वसाधारणले खरिद गरेको सुनचाँदीका सिक्का (तस्बिरहररु)

काठमाडौं–  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट सर्वसाधारणले सुनचाँदीका सिक्का खरिद

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च

काठमाडौँ – प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध निवर्तमान

चार हजार करोडको ‘रामायण’ विश्वभर एकसाथ रिलिज, नेपालमा पनि दर्शकको उत्साह

काठमाडौं– बलिउडको अहिलेसम्मकै महँगो फिल्म मानिएको ‘रामायण’ बिहीबारदेखि नेपालसहित विश्वभरका

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीको भेटवार्ता, के-के भए कुराकानी ?

काठमाडौं– नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री