काठमाडौं– नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाबाट सर्वसाधारणले सुनचाँदीका सिक्का खरिद गरेका छन् ।
बैंकले बिहीबारका लागि २.५ ग्रामको असर्फीको मूल्य ६५ हजार ४ सय र १० ग्रामको मेडालियन प्रतिथान ३ हजार ८ सय रूपैयाँ निर्धारण गरेको छ ।
धनतेरसको समयमा नयाँ धातु वा भाँडाकुँडा खरिद गरेर घरमा भित्र्याउँदा शुभ हुने विश्वास गरिन्छ ।
यसबाहेक राष्ट्र बैंकले बिक्री गर्ने सिक्काको गुणस्तर पनि हुने विश्वाससहित बबरमहलस्थित टक्सार महाशाखामा सिक्का खरिद गर्नेको भीड लागेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी



















प्रतिक्रिया