काठमाडौँ– काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–३ स्थित बुढानिलकण्ठ मन्दिर परिसरका अतिक्रमित घर भत्काइएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले मुआब्जा पाएर पनि सार्वजनिक जग्गा ओगटिएका सात वटा घर–संरचना बुधबार र बिहीबार डोजर लगाएर भत्काएको हो । बुधबार ६ वटा घर र बिहीबार एउटा सामुदायिक भवन भत्काइएको कार्यालयकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले बताइन् ।
उनकाअनुसार सार्वजनिक जग्गामै रहेका अन्य केही संरचना पनि बिहीबार नापजाँच गरेर चिन्ह लगाइएको छ । ‘सात वटा भत्काउनपर्ने संरचना भत्कायौँ । अरू आज चिन्ह लगाएर छोडेका छौँ,’ उनले भनिन्, ‘उहाँहरू कतिले हामी आफैँ भत्काउँछौँ भन्नुभएको छ । नभए हामी तिहारपछि डोजर लगाउँछौँ ।’
अतिक्रमित संरचना हटाएपछि अब पैदल मार्ग निर्माण र सौन्दर्यकरण गर्ने तयारी छ ।
तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी




























प्रतिक्रिया