क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा « Khabarhub

क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।

४१ वर्षीय रोनाल्डोले बिहीबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत भिडियो सन्देश जारी गर्दै पोर्चुगलको राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्ग्याउने निर्णय सार्वजनिक गरेका हुन् ।

रोनाल्डोले पोर्चुगलका लागि २३४ अन्तर्राष्ट्रिय खेल खेल्दै १४६ गोल गरेका छन्। उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत छन् ।

‘पोर्चुगाली जनताका लागि हाम्रो राष्ट्रिय टोलीको सात नम्बरको जर्सी फिर्ता गर्ने दिन आएको छ,’ उनले भिडियो सन्देशमा भनेका छन् ।

‘मैले कहिल्यै यो जर्सी मेरो मात्र हो भन्ने महसुस गरिनँ । तर, २३ वर्षसम्म यसलाई लगाउने, रक्षा गर्ने र विश्वभरका रङ्गशालामा पुर्‍याउने विशेषाधिकार र जिम्मेवारी मैले पाएँ,’ उनले थपेका छन्

रोनाल्डोले सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु  गरेका थिए । उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोपेली च्याम्पियनसिप र सन् २०१९ को यूईएफए नेसन्स लिगको उपाधि जितेको थियो ।

गत महिना राष्ट्रिय टोलीका प्रशिक्षक जर्ज जेसससँगको मतभेदका कारण रोनाल्डो टोलीको प्रशिक्षण शिविरबाट बाहिरिएका थिए । नेसन्स लिगको एक खेलमा प्रशिक्षकले उनलाई मैदानमा उतार्न अस्वीकार गरेपछि दुवैबीच सम्बन्ध चिसिएको बताइएको थियो ।

रोनाल्डोको सन्याससँगै पोर्चुगलको राष्ट्रिय टोलीमा उहाँको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेलजीवन समाप्त भएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ५ : ०५ बजे

न‍वौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा, ४ हजारभन्दा बढी विदेशी प्रदर्शक सहभागी

साङ्घाई- चीनको साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो (सीआईआईई) बिहीबारदेखि

लगानीको वातावरण देखाउन नेपाल पूर्वाधार सम्मेलन निकै महत्त्वपूर्ण

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि

रवि लामिछानेको स्पष्टीकरण- सरकारले गर्ने काममा पार्टीले कुनै हस्तक्षेप गर्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सरकारले गर्ने काममा

कारबाहीमा परेका पूर्वआईजीपी कार्कीको मुद्दा दर्ता भएन 

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा

पूर्वाधार सम्मेलनअघि नीतिगत र कानुनी सुधार गर्दै सरकार : मन्त्री लम्सा

काठमाडौँ– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार