न‍वौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा, ४ हजारभन्दा बढी विदेशी प्रदर्शक सहभागी « Khabarhub

न‍वौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा, ४ हजारभन्दा बढी विदेशी प्रदर्शक सहभागी


१९ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साङ्घाई- चीनको साङ्घाईमा नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो (सीआईआईई) बिहीबारदेखि सुरु भएको छ । आयात व्यापारलाई केन्द्रमा राखेर आयोजना गरिने विश्वकै पहिलो राष्ट्रियस्तरको प्रदर्शनीका रूपमा परिचित एक्सपो नोभेम्बर ५ देखि १० सम्म सञ्चालन हुनेछ ।

एक्सपोको उद्घाटन समारोहमा चिनियाँ उपप्रधानमन्त्री डिङ जुएजियाङले मुख्य सम्बोधन गरेका छन् ।

यस वर्षको एक्सपोमा चार हजार १४२ विदेशी प्रदर्शक सहभागी भएका छन् । सहभागीमध्ये ३०० भन्दा बढी फर्च्युन ग्लोबल ५०० सूचीमा रहेका कम्पनी तथा उद्योग क्षेत्रका प्रमुख कम्पनी छन् ।

एक्सपोमा ४८० भन्दा बढी उत्पादन, प्रविधि तथा सेवाले विश्व, एसिया वा चीनमा पहिलोपटक सार्वजनिक हुने अवसर पाउनेछन् । यो एक्सपोको इतिहासमा अहिलेसम्मकै उच्च सङ्ख्या हो ।

यस वर्ष प्रदर्शनीका लागि चार लाख ४० हजार वर्गमिटरभन्दा बढी क्षेत्रफल छुट्याइएको छ । अमेरिकी प्रदर्शकहरूले मात्रै ५० हजार वर्गमिटरभन्दा बढी क्षेत्र ओगटेका छन् । जर्मनी, बेलायत र फ्रान्सका कम्पनी पनि प्रमुख सहभागीका रूपमा रहेका छन् ।

एक्सपोमा बौद्धिक उद्योग तथा सूचना प्रविधि, उपभोक्ता वस्तु, खाद्य तथा कृषि उत्पादन, अटोमोबाइल, चिकित्सा उपकरण तथा स्वास्थ्य सेवा उत्पादन र सेवाको व्यापार गरी छवटा प्रमुख प्रदर्शनी क्षेत्र समेटिएका छन् । यसका अतिरिक्त नवीनता तथा प्रविधि प्रवर्द्धनका लागि इन्क्युबेसन खण्डसमेत राखिएको छ ।

उक्त इन्क्युबेसन खण्डमा करिब ४० देश तथा क्षेत्रका ६३३ प्रविधि तथा नवप्रवर्तनसम्बन्धी परियोजना समावेश छन् । यो सङ्ख्या अघिल्लो संस्करणको तुलनामा करिब २० प्रतिशत बढी हो ।

एक्सपोसँगै साङ्घाईमा आयोजित होङ्कियाओ अन्तर्राष्ट्रिय आर्थिक मञ्चले बिहीबार ‘विश्व खुलापन प्रतिवेदन २०२६’ सार्वजनिक गरेको छ । मञ्चले पहिलोपटक चीनमा निर्यात गर्ने क्षमतासम्बन्धी प्रतिवेदनसमेत सार्वजनिक गरेको छ ।

सन् २०१७ मा घोषणा गरिएको सीआईआईई सन् २०१८ देखि प्रत्येक वर्ष आयोजना हुँदै आएको छ । यसले विदेशी व्यवसायलाई चीनको विशाल तथा विस्तार हुँदै गएको बजारमा प्रवेश र व्यापार विस्तार गर्न सहयोग पुर्‍याउँदै आएको छ ।

एक्सपोका अघिल्ला आठ संस्करणमा १८० भन्दा बढी देश, क्षेत्र तथा अन्तर्राष्ट्रिय संस्थाको सहभागिता रहेको थियो । ती संस्करणमा तीन हजार ४०० भन्दा बढी नयाँ उत्पादन, प्रविधि तथा सेवाले पहिलोपटक बजारमा प्रवेश गरेका थिए । ती प्रदर्शनीबाट भएका कुल इच्छित कारोबार सम्झौताको मूल्य ५८० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८३, बिहिबार  ६ : १८ बजे

पार्टी र नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयासको प्रतिवाद गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना

हलमा राम्रो कमाइ गरिरहेको ‘जेलर २’ अब ओटीटीमा, कात्तिक २६ देखि हेर्न पाइने

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर २’ले बक्स अफिसमा

खेलकुदमार्फत जिरीको पर्यटन प्रवर्द्धन गर्न दोलखा-रामेछापका ४० टिमबीच फुटबल भिडन्त सुरु

दोलखा– नेपालको स्विट्जरल्यान्डका रूपमा परिचित दोलखाको पर्यटकीय नगरी जिरीमा खेलकुदलाई

युवा जलवायु सम्मेलन विपद् न्यूनीकरणको आधार बन्नुपर्छ : मन्त्री खड्का

कर्णाली– कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा

विराटनगरले काठमाडौँलाई दियो ८४ रनको सामान्य लक्ष्य

काठमाडौँ – विराटनगर किंग्सले काठमाडौँ गोर्खाजलाई ८४ रनको सामान्य लक्ष्य