पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम « Khabarhub

पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गण्डकी– नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ ।

पदयात्रामा जाने पर्यटकलाई चराहरूबारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ गण्डकी प्रदेशमा पदयात्रा क्षेत्रमा पथप्रदर्शन गरिरहेका ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए ।

तालिमका सहभागीलाई नेपाल पन्छीविद् सङ्घका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरिया, काठमाडौँ इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट (किप) का कार्यकारी सदस्य गोपी श्रेष्ठका साथै पन्छीविद्हरूले चरा अवलोकनका विभिन्न पक्षबारे सैद्धान्तिक र स्थलगत रुपमा प्रयोगात्मक तालिम दिएका हुन् ।

आइतबार तालिम समापन समारोहमा सहभागीलाई पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका विभिन्न विधामध्ये चरा पर्यटन महत्वपूर्ण पक्ष भएको बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले कतिपय पर्यटक केवल चरा मात्रै हेर्न आउने बताउँदै त्यस्ता पर्यटकका लागि यस सम्बन्धमा विज्ञता हासिल गर्नु जरुरी रहेको बताए ।

नेपाल पन्छीवद् समाजका अध्यक्ष हठनराम महतोले चरा पर्यटनमा काम गर्न चाहनेले त्यससम्बन्धी विज्ञता हासिल गर्न प्रविधिको प्रयोगका साथै यसतर्फको गहिरो लगाव हुनु जरुरी भएको बताए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ५७ बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल