भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब « Khabarhub

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

विदेशमन्त्री रुबियो भन्छन्- अहिले चुनाव ‘अपरिपक्क’हुन्छ


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको दाबी गरेका छन्।

उनले अहिले भनेजुएलामा सरकारविहीन अवस्था रहेको तर यही अवस्थामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ हुने बताएका छन्।

शनिबार अमेरिकी सेनाले मदुरोलाई अपहरण शैलीमा न्युयोर्क पुर्‍याएको थियो। अब भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट द प्रेस’ मा भने, “मलाई लाग्छ, यी सबै कुरा अहिले नै गर्नु ‘अपरिपक्व’ हुन्छ।

भेनेजुएलामा अझै समस्या भएको र त्यसलाई ध्यानमा राखेर अमेरिका अगाडि बढेको उनको दाबी छ। उनले भनेका छन्, , “अहिले हामीले मदुरो हुँदाका सबै समस्यामा ध्यान केन्द्रित गरिरहेका छौँ। हामीसँग अझै पनि ती समस्याहरू छन् र तिनीहरूलाई सम्बोधन गर्न आवश्यक छ। हामी मानिसहरूलाई ती चुनौती र समस्यालाई सम्बोधन गर्ने अवसर दिइरहेका छौँ।”

यता भेनेजुएलाको राजधानी काराकसमा त्यहाँको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको छ।

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी शनिबार राष्ट्रपति मदुरो र उनकी पत्नीलाई अपहरण शैलीमा न्यूयोर्कमा अनुसन्धानका लागि लगेपछि खाली रहेको पदमा रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिका रूपमा मान्यता दिइएको हो।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : १६ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको