भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब « Khabarhub

भेनेजुयलामा तत्काल चुनाव नगर्न अमेरिकी दबाब

विदेशमन्त्री रुबियो भन्छन्- अहिले चुनाव ‘अपरिपक्क’हुन्छ


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको दाबी गरेका छन्।

उनले अहिले भनेजुएलामा सरकारविहीन अवस्था रहेको तर यही अवस्थामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ हुने बताएका छन्।

शनिबार अमेरिकी सेनाले मदुरोलाई अपहरण शैलीमा न्युयोर्क पुर्‍याएको थियो। अब भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट द प्रेस’ मा भने, “मलाई लाग्छ, यी सबै कुरा अहिले नै गर्नु ‘अपरिपक्व’ हुन्छ।

भेनेजुएलामा अझै समस्या भएको र त्यसलाई ध्यानमा राखेर अमेरिका अगाडि बढेको उनको दाबी छ। उनले भनेका छन्, , “अहिले हामीले मदुरो हुँदाका सबै समस्यामा ध्यान केन्द्रित गरिरहेका छौँ। हामीसँग अझै पनि ती समस्याहरू छन् र तिनीहरूलाई सम्बोधन गर्न आवश्यक छ। हामी मानिसहरूलाई ती चुनौती र समस्यालाई सम्बोधन गर्ने अवसर दिइरहेका छौँ।”

यता भेनेजुएलाको राजधानी काराकसमा त्यहाँको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको छ।

अमेरिकाले भेनेजुएलामा आक्रमण गरी शनिबार राष्ट्रपति मदुरो र उनकी पत्नीलाई अपहरण शैलीमा न्यूयोर्कमा अनुसन्धानका लागि लगेपछि खाली रहेको पदमा रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिका रूपमा मान्यता दिइएको हो।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : १६ बजे

देउवा पक्षका आठबुँदे प्रस्ताव पालना गरेको गगनको दाबी

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को