बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस « Khabarhub

बाजुरा एमालेमा जुटेन सहमति : नरेश रोकायासहित ११ जनाको नाम सिफारिस


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बाजुरा – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट नेकपा (एमाले)का ११ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको छ।

एमाले बाजुरा जिल्लामा उम्मेदवार छनोटमा सहमति नजुटेपछि सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेर पठाइएको हो। सिफारिस सूचीमा पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका पुराना नेतादेखि नयाँ पुस्ताका नेतासम्म समेटिएका छन्।

सिफारिस हुनेमा एमाले केन्द्रीय सदस्य कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया, लोकेन्द्रबहादुर शाही, काशीबहादुर विक र रामलाल कार्की छन्।

सिफारिसमध्ये कर्णबहादुर थापा यसअघि २०५६, २०६४, २०७० र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा गरिसकेका नेता हुन्। उनी २०७४ मा प्रदेश सभाको समानुपातिकतर्फ पहिलो नम्बरको सूचीमा समेत रहेका थिए। थापा पूर्वउद्योग मन्त्री समेत हुन्।

यस्तै लालबहादुर थापाले २०७४ र २०७९ को निर्वाचन लडेका छन्। २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थापा २०७९ मा भने प्रदेश सभाको उम्मेदवार बनेर पराजित भएका थिए। उनी पूर्व जिल्ला विकास समितिको सभापति समेत हुन्।

दयालबहादुर शाही विघटित प्रतिनिधि सभाका समानुपातिक सांसद हुन्। यसअघि उनी एमाले केन्द्रीय सदस्यसमेत रहेका थिए।
कालीबहादुर शाही हाल जगन्नाथ गाउँपालिकाको दोस्रो कार्यकालका अध्यक्ष हुन्।

बसुन्धरा रोकाया यसअघि २०६४ सालको संविधान सभा सदस्य रहिसकेकी नेतृ हुन्।
नरेश रोकाया भने युवा पुस्ताका नेता हुन्। उनी अहिलेसम्म कुनै निर्वाचनमा उम्मेदवार बनेका छैनन्। विद्यार्थी राजनीतिबाट उदाएका रोकाया नेकपा एमालेको ११औँ महाधिवेशनबाट युवा क्लस्टरको खुला केन्द्रीय सदस्य बनेका थिए। उनी सर्वसम्मत चयन भएका हुन् र सामाजिक सञ्जालमा युवा पुस्ताले उनीप्रति भरोसा व्यक्त गरिरहेको देखिन्छ।

यस्तै सहदेव बोगटीले २०७० मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचन लडेका थिए। एमालेमा प्रवेश गरेपछि भने उनले कुनै चुनाव लडेका छैनन्। काशी बहादुर विक पार्टीको जिल्ला कमिटी सचिव हुन्।

राधिका बोहरा एमालेकी पुरानी नेतृका रूपमा परिचित छन्। लोकेन्द्रबहादुर शाही तत्कालीन माले पृष्ठभूमिबाट एमालेमा आएका नेता हुन्। रामलाल कार्की एमालेका अनुभवी नेता हुन्। उनी प्रदेश कमिटी सदस्यका रूपमा रहेका छन्। एमाले केन्द्रले अब सिफारिस सूचीका आधारमा बाजुराबाट अन्तिम उम्मेदवार टुंगो लगाउनेछ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ७ : ५१ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक