निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ? « Khabarhub

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?



निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका लागि कुनै कसर बाँकी नराखेको प्रतिवद्धता जनाउँदै आएको छ । जेन-जी प्रतिनिधि, राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाजसँग सरकारले संवादको श्रृङ्खला बाक्लै बढाएको छ । अझ दलहरुले समानुपातिकको बन्दसूचीमा उमेदवार तय गरेपछि चुनाव सुनिश्चित बन्दै गएको विश्वास व्यक्त हुँदै आएको छ ।

यद्यपि जेन-जी आन्दोलनताका प्रहरीबाट लुटिएका अत्याधुनिक हातहतियार फिर्ता नआएको सन्दर्भमा प्रमुख राजनीतिक दलहरुले सरकारसंग आफ्नो सरोकार पेश गर्दै आएका छन् ।

चुनावी रौनकको सतहमुनि संदिग्ध अवस्थामा रहेका हजारौँ कैदी, अवैध हातहतियार र गोली-बारुद अझै नियन्त्रणबाहिर रहँदा सरकारमाथि औंला ठडिएको छ । यो सवालमा सरकार पनि दरिलोसँग अडिन सकेको छैन । चुनाव गराउने गम्भीर दायित्व बोकको निर्वाचन आयोग यी विषयमा कति जानकार छ ? चुनाव भयरहित बनाउन आयोग र सरकारबीच कस्तो संवाद भइरहेको छ ? भौतिक पूर्वाधारको अवस्था के छ ? आयोगले बुलेट र ब्यालेटको संयोजन कसरी गरिरहेको छ ? यही सन्दर्भमा आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

निर्वाचन आयोगको अहिलेको दैनिकी कस्तो चलिरहेको छ ?
निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार दिनरात खटेर नै काम गरिरहेका छौं । तोकिएअनुसारका काम समयमा नै सम्पन्न हुँदै गएको छ । यतिबेला हामी जनशक्ति व्यवस्थापन अन्तर्गत जिल्लामा जनशक्ति पठाउने काम गरिरहेका छौं । जसअनुसार सबै जिल्लामा निर्वाचन अधिकारी पठाइसकेका छौं । उहाँहरुले त्यहाँ काम गर्न थालिसक्नु भएको छ ।

यतिबेला जिल्लामा जनशक्ति पठाउने काम गरिरहेका छौं । जसअनुसार सबै जिल्लामा निर्वाचन अधिकारी पठाइसकेका छौं । उहाँहरुले त्यहाँ काम गर्न थालिसक्नु भएको छ ।

मतदान सामग्री खरिदका लागि ३७ प्रकारका सामग्री प्रदेश र जिल्ला कार्यालयले खरिद गर्ने प्रक्रिया सुरु भइसकेको छ । जसमा कोरा कपडा, लाहा, खाम, पन्चिङ मेसिन, मतदान स्थलमा प्रयोग गरिने महिला, पुरुष, भित्र बाहिर लेखिएका कार्ड, अनुसूची फाराम लगायतका छपाइसम्बन्धी काम सुरु भइसकेको छ ।

यो बाहेक अन्य सम्वेदनशील सामाग्री जस्तै मतपेटिका र निर्वाचनमा प्रयोग हुने कागज, सुरक्षण फिल, स्वस्तिक छाप, नउड्ने मसीको मार्करलगायतका सामाग्री आयोगले नै खरिद गरेर पठाउने गर्छ । जसमध्ये मतपेटिका र निर्वाचनमा प्रयोग हुने कागज त हामीसँग छ । अन्य सामग्रीका लागि पनि खरिद प्रक्रिया सुरु भइसकेको छ ।

योसँगै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँग मतपत्र छपाइका लागि सम्झौता गरिसकेका छौं । एकदुई दिनमा काम सुरु हुन्छ । मतदाता नामावली भने निर्वाचन आयोगकै परिसरभित्र छपाई गरिरहेका छौं । चारैतिरबाट निर्वाचन आयोगले आफ्नो तयारी तीव्र पारिसकेको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँग मतपत्र छपाइका लागि सम्झौता गरिसकेका छौं । एकदुई दिनमा काम सुरु हुन्छ ।

पूर्वाधार तयारी के छ ?
आयोगलाई आवश्यक पर्ने पूर्वाधार सामग्रीका लागि गृहमन्त्रालयमा माग बुझाइसकेका छौं । जेन-जी आन्दोलनको क्रममा केही कार्यालयमा सवारीसाधनमा समेत क्षति पुगेकाले जतिसक्दो छिटो पठाउन गृहमा लबिङ भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयलाई आवतजावत, निर्वाचन सामग्री ढुवानी लगायत कामका लागि सरकारसँग ५ सय ३८ थान सवारीसाधन माग गरेका छौं । जसमा ८/१० वटा ट्रक, चारपाङग्रे गाडी, मोटरसाइकल र स्कुटर गरी चार प्रकारका सवारीसाधन पुसको अन्तिम वा माघ दोस्रो हप्ताभित्र आयोगमा आइपुग्ने अनुमानमा छौं ।

अर्को, युएनडीपीले १६५ निर्वाचन क्षेत्रका लागि आवश्यक पर्ने १६५ वटै कम्प्युटर, ल्यापटप, प्रिन्टर सहयोग गर्ने सम्झौता भएको छ । यो हप्तामा ती सामग्री आइपुग्ने छन् ।

सुरक्षा व्यवस्थापन त आयोगका लागि निकै चुनौतीपूर्ण छ । दलहरुले पनि प्रश्न उठाइररहेका छन् । तयारी के कसरी हुँदैछ ?
सुरक्षाको हकमा आयोग र केन्द्रीय सुरक्षा समितिको बैठक ३/४ पटक बसिसकेको छ । सरकारले पनि सेना परिचालनको निर्णय गरिसकेको छ । अन्य सुरक्षा निकायले पनि अस्थाई दरबन्दीमा निर्वाचन प्रहरी नियुक्ति गर्ने प्रक्रिया अघि बढाइसकेको अवस्था छ । जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिको बैठक चलाइराख्नुभएको छ । सुरक्षा प्रबन्धका लागि पनि आयोगले दैनिक तयारी तीब्र पारिरहेको छ ।

सुरक्षाको हकमा आयोग र केन्द्रीय सुरक्षा समितिको बैठक ३/४ पटक बसिसकेको छ । जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीले जिल्ला सुरक्षा समितिको बैठक चलाइराख्नुभएको छ ।

निर्वाचन आचारसंहिता २०८२ मा आयोगले डिजिटल्ली उत्पादन गरिने जस्तै, पछिल्लो समय एआईको प्रयोग गरेर विध्वंसात्मक भिडियो बनाएर फैल्याउने सामग्रीहरुमाथि पनि निगरानी बढाउने व्यवस्था यसवर्ष आयोगले थप गरेको छ । तयारी के छ ?
त्यो विषयमा हामी सचेत छौं । सामाजिक सञ्चालबाट हुने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न आयोगमा सूचना, समन्वय तथा सम्प्रेषण इकाई खडा गरेका छौं । त्यसमा सदाचार, ३ वटा युनिट छन् । सदाचार इकाइमा नेपाली सेना र नेपाल प्रहरीको साइबर ब्यूरोसहितको समूह बसेर डिजिटल माध्यममा आउने सामग्रीमाथि निगरानी गर्छ । दोस्रो प्रेस इकाई छ । जहाँ प्रेस काउन्सिल, गोरखापत्र संस्थान लगायतको टिमले समन्वयकारी भूमिका निर्वाह गर्छ । अन्तिम सञ्चारविज्ञसहित गठन गरिएको मतदाता शिक्षा इकाई छ । हाम्रा यी युनिटहरुलाई त्यसउपर दैनिक कार्ययोजना पेश गर्न पनि भनिसकेका छौं।

सामान्यतया यो सदाचार इकाइमा प्रहरी वरिष्ठ नायब उपरीक्षक (डीएसपी) को नेतृत्वमा सेना र प्रहरीको साइबर ब्यूरोसहितको टिमले सामाजिक सञ्जालमा आउने भिडियो, अडियो, टेक्स्ट सबै किसिमको कन्टेन्ट हेर्ने र त्यसमा आचारसंहिता उल्लङ्घन गर्ने सम्बन्धित निकायसँग समन्वय गरेर तत्काल हटाउन लगाउने र त्यसो नगरेमा कारबाही अगाडी बढाउने हिसाबले अहिले आयोगमै बसेर काम गरिरहेको छ ।

आयोगको तर्फबाट गरेको यति मात्रै प्रयासले समस्या नआउला भन्न सकिँदैन । यसका लागि आयोगले सक्दो तयारी गरिसकेको छ । तर आयोग सर्वोसर्वा त होइन, राज्य संयन्त्र, जनसमुदाय, नागरिक समाज निजीक्षेत्र लगायतले समेत निगरानी बढाएर समन्वयकारी काम गर्नुपर्छ । यस्तै मिडियाले पनि यसमा सक्दो सचेतनामूलक कार्यक्रम गर्नेछ । यसरी विगतमा जस्तै सबैको प्रयास र सहयोगमा आगामी निर्वाचन सफल हुने आशा राखेका छौं ।

यस्तै हामी लोकतान्त्रिक प्रणालीमा भिजिसकेका नागरिक भएकाले अनुशासनलाई पालना गर्न जानेका छौं । तर पनि, पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचनाको पछाडि लाग्ने, सत्य तथ्य मूल्यांकन नगर्ने प्रवृत्ति पनि मौलाउँदो छ । त्यसमा जनसमुदाय आफैँ पनि सजग हुन जरुरी छ ।

दल र उम्मेदवारले ल्याएको घोषणापत्र आयोगमा बुझाउनुपर्ने भन्ने बुँदा पनि यस वर्ष थपिएको छ । यसको मुख्य उद्देश्य के हो ?
दल वा उम्मेदवारले ल्याएका घोषणापत्र कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्न सकिन्छ भन्ने उद्देश्य हो । विशेषगरी लोकतन्त्रिक शासन प्रणालीमा दलले निर्धारण गरेका नीति तथा कार्यक्रमका बीचमा प्रतिस्पर्धा हुनुपर्ने मान्यता हो । तर यहाँ त घोषणापत्रमा प्रतिस्पर्धा हुनुपर्नेमा अन्य विषयमा हुन गयो । त्यसकारण उहाँहरुले आफ्नो घोषणापत्र बुझाएर सोही प्रतिवद्धता अनुसार अगााडि जानुहुन्छ कि जानुहुन्न भन्ने हेर्नलाई यो व्यवस्था गरेका हौं ।

दलले निर्वाचनअघि गरेको प्रतिवद्धता अनुसार काम गरेको छ छैन भन्नेमा आयोगले फलोअप पनि गर्छ ?
विगतमा पनि हामीले दललाई स्पष्टिकरण सोध्ने गरेको अभ्यास छ । यसपटक पनि गर्छौं ।

हामीले मतदान स्थलमा प्लास्टिकको डोरी प्रयोग गर्थ्याै त्यसको सट्टा अब स्थानीय सामग्रीबाटै बन्ने सुतली प्रयोग गर्ने भनेका छौं । रबर म्याटलाई हटाएर अहिले रबर स्ट्याम्प प्रयोग गर्नेछौं ।

हरित निर्वाचन गर्ने भन्ने बुँदा पनि नयाँ थप गर्नुभएको छ, त्यो भनेको के हो ?
विगतका निर्वाचनमा हामीले प्रयोग गरेका प्लास्टिकजन्य सामाग्रीलाई स्थानीय स्तरमै उत्पादन भएका सामग्रीले प्रतिस्थापन गर्ने उद्देश्य हो । जस्तै, हामीले मतदान स्थलमा प्लास्टिकको डोरी प्रयोग गथ्र्यौ त्यसको सट्टा अब स्थानीय सामग्रीबाटै बन्ने सुतली प्रयोग गर्ने भनेका छौं । रबर म्याटलाई हटाएर अहिले रबर स्ट्याम्प प्रयोग गर्नेछौं ।

हिमाली जिल्लाको निर्वाचन चिसो महिनामा सम्भव नहुनेमा दलहरुले निर्वाचन नै पछाडि धकेल्नुपर्ने बताइरहेका छन् । आयोगको धारणा के छ ?
हालसम्म यसबारे आयोगले कुनै धारणा बनाएको छैन । भोलि परिस्थिति त्यस्तो बन्यो भने सोही समयमा निर्णय हुनेछ । अन्यथा हाललाई सबै क्षेत्रमा एकैपटक निर्वाचन गराउने गरी हाम्रो तयारी छ ।

अन्तर जिल्ला र प्रदेशमा रहेका नागरिकलाई पनि मतदान अधिकार दिनेबारे विगतदेखि नै र यसवर्ष पनि निकै बहस चल्यो । यो व्यवस्था यसवर्ष पनि नहुने लगभग पक्का भएको हो ?
यो व्यवस्था यसपटकको निर्वाचनका लागि सम्भव देखिदैन । कानूननै संशोधन गरेर नीतिगत निर्णय भयो भने त्यो अवस्था र त्यसका लागि आवश्यक जनशक्तिका बारे सरकार र आयोगले तायारी गर्नुपर्ने हुन्छ । यसबीचमै त्यो व्यवस्था ल्याएर आगामी निर्वाचनमै कार्यान्वयनमा जाने अवस्था छैन ।

दलले बुझाएको समानुपनतिक सूचीबारे अधिकांशमा प्रश्न उठेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सच्याउने भनेको छ । अन्यदलबाट भने त्यस्तो निर्णय आएको छैन । बुझाइसकेको सूची सच्याउन सम्भव छ ?
आयोगलाई दलले बुझाएको सूची क्लस्टर नमिलेमा वा नपुगेकोमा त्यो क्लस्टरको मान्छे झिकेर अर्को थप्ने वा नपुगेकोमा थप गर्न सकिन्छ । सूचीमा परेको व्यक्तिले त्यसमा म बस्दिन भनेमा पनि सूचीबाट हटाउन सकिन्छ । तर बीचमा नयाँ मान्छे थप्छु भन्न मिल्दैन । विवादित नामको हकमा पनि उहाँहरुले स्वच्छ छवि भएको नाम फेरबदल गर्न सक्नुहुन्छ । अहिले हामी जाँचबुझको क्रममा छौं । जहाँ जिल्ला, नाम, क्लस्टर मिले नमिलेको हेरेर सच्याउन सुझाव पठाउने छौं । त्यो अनुसार उहाँहरुले जुन क्लस्टरमा कैफियत देखिएको छ, त्यही मात्र परिवर्तन गर्न पाउनुहुन्छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : ४० बजे

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ

सुकुम्वासीको पक्षमा एमाले, बस्ती हटाउने नाममा बल प्रयोग नगर्न सरकारलाई चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारले सुकुम्वासी बस्तीहरू जबरजस्ती

व्यवस्थापन प्रक्रियालाई सघाउन वास्तविक सुकुम्बासीलाई प्रहरीको आग्रह

काठमाडौं- सरकारले सुरु गर्न लागेको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रियालाई सघाउन नेपाल