भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत « Khabarhub

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये चार जनाको पहिचान खुलेको छ। भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो दुर्घटना भएको हो।

मकवानपुर प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका-४ का ४० वर्षीया सविता लम्साल, हेटौंडा-२ का २९ वर्षीय निखिल अग्रवाल, भारत विहार पटनाका ४२ वर्षीय रजनीश कुमार र ४९ वर्षीय अरविन्द कुमारको पहिचान खुलेको हो। मृतक दुई पुरुषको अझैसम्म पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीका अनुसार उनीहरुको शव हेटौंडा अस्पतालमा राखिएको छ।

दुर्घटनामा परेर थप तीन जना घाइते भएका छन्। सुमो चालक हेटौंडा-४ का गणेश थापा, मृतक सविताका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर-२ की रिचा चौधरी घाइते भएका हुन्। घाइतेमध्ये चालक थापा र बालक लम्सारको भरतपुरमा उपचार भइरहेको छ भने रिचाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : १३ बजे

के मेसीले जित्लान गोल्डेन बुट ?

काठमाडौँ – जारी विश्वकपमा लियोनेल मेसी कुल २१ गोल गर्दै

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार