भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत « Khabarhub

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका ६ जनामध्ये चार जनाको पहिचान खुलेको छ। भीमफेदी गाउँपालिका-६ जुरीखेतमा आइतबार साँझ काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो दुर्घटना भएको हो।

मकवानपुर प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका-४ का ४० वर्षीया सविता लम्साल, हेटौंडा-२ का २९ वर्षीय निखिल अग्रवाल, भारत विहार पटनाका ४२ वर्षीय रजनीश कुमार र ४९ वर्षीय अरविन्द कुमारको पहिचान खुलेको हो। मृतक दुई पुरुषको अझैसम्म पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीका अनुसार उनीहरुको शव हेटौंडा अस्पतालमा राखिएको छ।

दुर्घटनामा परेर थप तीन जना घाइते भएका छन्। सुमो चालक हेटौंडा-४ का गणेश थापा, मृतक सविताका १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर-२ की रिचा चौधरी घाइते भएका हुन्। घाइतेमध्ये चालक थापा र बालक लम्सारको भरतपुरमा उपचार भइरहेको छ भने रिचाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : १३ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६