मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति « Khabarhub

मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । विसं २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा संकलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए ।

मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र सञ्चालन हुँदै आएको साँघुरो, ग्रेड र घुम्ती नमिलेको सडकको अन्नपूर्ण गाउँपालिकाले स्तरोन्नति थालेको हो । 

सडक स्तरोन्नतिका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन गरेको थियो । ६५ लाखमा ठेक्का सम्झौता गरेको भण्डारी निर्माण सेवाले बगरदेखि सुनारीटोल खण्डमा काम थालेको वडा सदस्य बिर्खबहादुर गर्बुजाले बताए। 

‘भिरकाटेस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल बन्नुअघि नै ‘ट्र्याक’ खुलेको भिरकाटे–दोवा सडकमा यसपालि हालसम्मकै धेरै बजेट विनियोजन भएको हो,’ उनले भने, ‘तत्कालीन जिविसको रु १० लाख अनुदानका साथै रु ९१ लाख चन्दा सहयोग जुटाएर सडक निर्माण गरिएको थियो ।’
     
योजनामार्फत हाल तीनदेखि चार मिटर फराकिलो सडकलाई छ मिटरका दरले फराकिलो बनाएर, नाली, पर्खाल निर्माण, ३४० मिटरमा ढलान र ६० मिटर ग्राभेल गर्न थालिएको अन्नपूर्ण गाउँपालिकाका प्राविधिक गौरव भट्टले बताए। 

फराकिलो पार्ने, नाली र पर्खाल निर्माण सकेर ढलान गर्न थालिएको उनले बताए। हाल तीनदेखि चार मिटर फराकिलो सडकमा जिप, मोटरसाइकल र ट्याक्टर मात्र चल्छन् । साँघुरो, घुम्ती र ग्रेड नमिलेको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । 

निर्माण कम्पनीका प्रतिनिधि मनोज भण्डारीले यही पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेको बताए। आगामी चैत महिनासम्म ठेक्काको म्याद रहेपछि लक्ष्यअघि नै सम्पन्न गरिने उनले बताए। 

गत वर्ष ३० लाखबाट मारका क्षेत्रमा सडक स्तरोन्नति गरेको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २५ लाख बिनियोजन गरेर योजनालाई निरन्तरता दिएको छ । सडक स्तरोन्नति भएपछि दोवाका ३०० घरपरिवार लाभान्वित हुनेछन् । 

भिरकाटे–दोवा सडकलाई प्राथमिकता प्राप्त आयोजनामा समेटेर गाउँपालिकाले आगामी वर्षको बजेटमा निरन्तरता दिनाका साथै सङ्घीय र प्रदेश सरकारसँग पनि थप बजेट माग गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।
 

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  २ : ०३ बजे

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी

व्यावसायिक पशुपालन र तरकारीखेती गर्ने किसानलाई अनुदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–८३ मा व्यावसायिक

दुर्लभ संयोग : १९ वर्षअघि मेसीले नुहाइदिएका यमल विश्वकप फाइनलमा मेसीसँगै भिड्दै !

काठमाडौँ – अर्जेन्टिना र स्पेनबिच हुन गइरहेको विश्वकप फुटबलको फाइनलअघि

निर्धारित समयअगावै रिखुवा खोलामा पक्की पुल निर्माण

इलाम– इलामको दक्षिणी क्षेत्र माई नगरपालिकादेखि पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिकाको

गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा– स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको