दक्षिण अफ्रिकी सङ्गठनहरूद्वारा भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा « Khabarhub

दक्षिण अफ्रिकी सङ्गठनहरूद्वारा भेनेजुएलाविरुद्धको अमेरिकी सैन्य कारबाहीको निन्दा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिण अफ्रिकाका विभिन्न राजनीतिक, नागरिक समाज र श्रम सङ्घ सङ्गठनहरूले भेनेजुएलामा अमेरिकाको सैन्य कारबाहीको कडा निन्दा गरेका छन् । उनीहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् ।

शनिबार जारी विज्ञप्तिमा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीले अमेरिकी प्रशासनद्वारा भेनेजुएलामा भएको ‘सैन्य आक्रमण’ लाई ‘आपराधिक’ भनेको छ । पार्टीका अनुसार यो आक्रमण अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घको चार्टरको स्पष्ट उल्लङ्घन हो ।

पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरो र उनकी पत्नीको अपहरणलाई ‘अन्तर्राष्ट्रिय डकैती’ को रूपमा वर्णन गरेको छ । अमेरिका शनिबार भेनेजुएलामा सैन्य कारबाही सञ्चालन गरेको थियो, जसमा माडुरो र उनकी पत्नी पक्राउ परेर भेनेजुएलाबाट बाहिर लगिएका छन् ।

पार्टीका अनुसार अमेरिकी कारबाही लामो समयदेखि भेनेजुएलाविरुद्धको धम्की र शत्रुतापूर्ण वक्तव्यको परिणति हो । यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा खतरा र लाखौं नागरिकको जीवन जोखिममा पारेको छ । 

अमेरिकी प्रशासनको उद्देश्य भेनेजुएलाका रणनीतिक स्रोतहरू नियन्त्रणमा राखेर आफ्नो इच्छानुसारको शासन स्थापना गर्नु रहेको पार्टीले जनाएको छ ।
सङ्गठनले भेनेजुएलाको जनता, क्षेत्र र स्वतन्त्रताको रक्षा गर्ने अधिकारको समर्थन गरेको छ ।

त्यसैगरी, नागरिक समाजको समूहले संयुक्त विज्ञप्तिमा अमेरिकी बमबारीको निन्दा गरेका छन् । 

उनीहरूले भनेका छन्, ‘यस सैन्य आक्रमणले भेनेजुएलाको सार्वभौमिकता र क्षेत्रीय अखण्डता माथि अवैध हस्तक्षेप गरेको छ र यो संयुक्त राष्ट्रसङ्घको चार्टरको स्पष्ट उल्लङ्घन हो । सबैभन्दा महत्त्वपूर्ण कुरा, यो भेनेजुएलाका जनता विरुद्धको आक्रमण हो ।’

उनीहरूले भेनेजुएलालाई यसको तेल स्रोतको कारण लक्षित गरिएको र यसको निर्वाचित सरकारलाई आफ्नो इच्छानुसारको शासनमा बदल्न खोजिएको बताएका छन् ।

‘हामी दक्षिण अफ्रिकीको हैसियतमा विश्वभरका शान्ति प्रेमीहरूसँग मिलेर भेनेजुएलामा हस्तक्षेप रोक्न र अमेरिकी आक्रमण अन्त्य गर्न आह्वान गर्छौं ।’

यसैगरी, दक्षिण अफ्रिका श्रम सङ्घ महासङ्घले पनि अमेरिकी अवैध सैन्य हस्तक्षेपको कडा निन्दा गरेको छ ।

यस सङ्घका अनुसार, ‘यो कूटनीति होइन, कानुन पालन होइन र लोकतन्त्र प्रवर्द्धन होइन । यो नग्न आक्रमण, शासन परिवर्तन युद्ध र साम्राज्यवादको आपराधिक नीति हो ।’

दक्षिण अफ्रिकाको मजदुर सङ्घले विश्वभरका प्रगतिशील शक्तिहरूलाई अमेरिकी आक्रमणको निन्दा गर्न आह्वान गरेको छ । यस सङ्घले संयुक्त राष्ट्रसङ्घलाई भेनेजुएलासँग उभिनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ३ : २९ बजे

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा