दिल्लीमा प्रचण्डले भने- भदौ २४ को विध्वंश जेन-जीले गरेका होइनन्, निक्कै ठूलो डिजाइन थियो « Khabarhub

दिल्लीमा प्रचण्डले भने- भदौ २४ को विध्वंश जेन-जीले गरेका होइनन्, निक्कै ठूलो डिजाइन थियो


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २४ गते नेपालमा भएको विध्वंश ठूलो डिजाइन र योजनामा भएको बताएका छन्।

भारतको राजधानी नयाँदिल्लीमा नेकपानिकट प्रवासी नेपालीको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ लाई सम्बोधनका क्रममा सोमबार उनले यस्तो बताएका हुन् ।

‘भदौ २३ गते कलिला युवा-विद्यार्थीको हत्या स्वीकार्न सकिने खालको थिएन । त्यो एकदमै निर्दयी घटना थियो’, उनले भने, ‘तर भदौ २४ गते देशभर भएको विध्वंस र आगजनी जेन-जीहरूले गरेका थिएनन्, त्यो लुटपाट जेन-जीबाट भएको होइन । निकै ठूलो डिजाइन र योजनमा विध्वंश र लुट मच्चाइयो ।’

उनले जेन-जीहरूको आन्दोलनलाई आफूहरूले समर्थन गरे पनि देशमा भएको विध्वंश स्वीकार्न नसकिने बताए । ‘भदौ २४ गते देशमा आतंक र त्रासको वातावरण थियो । लुटपाट मच्चाइएको थियो’, उनले भने, ‘त्यसबेला परिस्थितिलाई सम्हाल्न हामीले रातभर पहल गर्‍यौँ । निकासका लागि हामीले राष्ट्रपतिसँग वार्ता गरेका थियौँ।’

उनले जेन-जीको आन्दोलनलाई समर्थन र अपनत्व लिने काम पनि सबैभन्दा पहिले नेकपाले नै गरेको बताए । दाहालले आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण अभियान चलाएर सुशासन कायम गरिरहेका बेला कांग्रेस-एमालेले हटाउँदा अहिले देशमा यो संकट आएको पनि गुनासो गरे।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ५५ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा