कांग्रेसका प्रदेश सभापति पनि विभाजित, पाँचजना विशेष महाधिवेशनको विपक्षमा उभिए « Khabarhub

कांग्रेसका प्रदेश सभापति पनि विभाजित, पाँचजना विशेष महाधिवेशनको विपक्षमा उभिए


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको कलह प्रदेश कार्यसमिति सभापतिसम्म पुगेको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी ५ जना प्रदेश कार्यसमिति सभापतिहरूले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले घोषणा गरेको विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् ।

उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावअनुसार आगामी वैशाख २८ गतेदेखि पन्ध्रौँ महाधिवेशन हुनुपर्ने पक्षमा आफूहरूलाई उभ्याएका हुन्।

सुदूरपश्चिम कार्यसमिति सभापति वीरबहादुर बलायरले सानेपामा सञ्चारकर्मीहरूसँग बोल्दै विशेष महाधिवेशनको औचित्य सकिएकाले कार्यसम्पादन समितिको निर्णयअनुसार अब नियमित महाधिवेशनमै जानुपर्ने बताए ।

उनीसहित कोशी प्रदेश कार्यसमिति सभापति उद्धव थापा, मधेशका कार्यसमिति सभापति कृष्णप्रसाद यादव, बागमती सभापति इन्द्र बानियाँ, कर्णाली सभापति ललितजंग शाहीले संयुक्त वक्तव्य निकालेर विशेष महाधिवेशनविरुद्ध उभ्याएका हुन् ।

तर उनीहरूको वक्तव्यमा गण्डकीका शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले हस्ताक्षर गरेका छन् ।

बलायरले लुम्बिनी र गण्डकीको प्रदेश सभापतिहरूसँग पनि यसबारे सम्वाद भइरहेको जानकारी दिए । लुम्बिनी सभापति आफूहरू साथमै रहेको जवाफ दिएको उनले दाबी गरे। उता गण्डकी सभापति शर्माले पुस २४ सम्म निर्णय दिने बताएको उनको जिकिर थियो ।

‘लुम्बिनीका सभापतिलाई आग्रह गरेका छौँ । गण्डकीका सभापतिले समय माग्नु भएको छ’, उनले भने, ‘वर्तमान परिस्थितिमा पार्टीको आधिकारिक धारणाको पक्षमा उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो। विशेष अधिवेशनको औचित्य सकिएको कुरा कार्यसम्पादन समितिले भनिसकेको छ।’

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : १९ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका