अर्कालाई धितोमा दिएको जग्गा लिलामी हुन लागेपछि बैंकभित्रै आगो लगाउन खोजे लालबहादुरले « Khabarhub

अर्कालाई धितोमा दिएको जग्गा लिलामी हुन लागेपछि बैंकभित्रै आगो लगाउन खोजे लालबहादुरले


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

इटहरी- सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणीले पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन्।

धितो रहेको जग्गा लिलामी प्रक्रियामा गएपछि इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणी लालबहादुर पौडेलले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका हुन् ।

इटहरीको आइतबारेका पौडेलले सोमबार एनआईसी एसिया बैंकको इटहरीस्थित शाखा कार्यालयभित्र शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोजेका थिए । उनी बोतलमा पेट्रोल बोकेर बैंकभित्र छिरेका थिए ।

आफ्नै शरीरमा पेट्रोल छर्किन खोजेपछि उनलाई बैंकका कर्मचारी र दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानका सदस्यले जोगाए ।

उनले आफ्नो जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएको खुलेको छ । झापामा मदिरा उद्योग चलाउन साहले पौडेलसँग ब्याज दिने सहमतिमा धितो मागेका थिए । साढे २ करोड रूपैयाँमा आफ्नो जग्गा धितो राखेपछि साहले ब्याज र किस्ता दुवै नतिरेको पौडेलले बताए ।

जग्गा लिलामी प्रक्रियामा गएपछि तनाव भएको उनले बताए । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले बैंकमा पुगेर पौडेलले आगो लगाउने प्रयास गरेको बताए ।

एनआईसी एसिया बैंकले बोलाएपछि दुर्गा प्रसाईंका केही कार्यकर्ता लिएर लालबहादुर त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ४१ बजे

दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : शंकर पोखरेल

दाङ- नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का

टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई वेस्टइन्डिजले दियो १९६ रनको लक्ष्य

काठमाडाैं – भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न वेस्टइन्डिजविरुद्ध १९६ रनको

इरानले भन्यो– नयाँ नेता चयन प्रक्रिया सुरु भयो

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास आराघचीले देशले संवैधानिक प्रक्रिया सुरु गरिसकेको

निर्वाचन सुरक्षाका लागि एसएसपी सोमेन्द्रलाई दोलखा खटाइयो

काठमाडौँ – निर्वाचन केन्द्रित सुरक्षाका लागि एसएसपी सोमेन्द्र सिंह राठौरलाई

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च