अर्कालाई धितोमा दिएको जग्गा लिलामी हुन लागेपछि बैंकभित्रै आगो लगाउन खोजे लालबहादुरले « Khabarhub

अर्कालाई धितोमा दिएको जग्गा लिलामी हुन लागेपछि बैंकभित्रै आगो लगाउन खोजे लालबहादुरले


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

इटहरी- सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणीले पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन्।

धितो रहेको जग्गा लिलामी प्रक्रियामा गएपछि इटहरीस्थित एनआईसी एसिया बैंकभित्रै एकजना ऋणी लालबहादुर पौडेलले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका हुन् ।

इटहरीको आइतबारेका पौडेलले सोमबार एनआईसी एसिया बैंकको इटहरीस्थित शाखा कार्यालयभित्र शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोजेका थिए । उनी बोतलमा पेट्रोल बोकेर बैंकभित्र छिरेका थिए ।

आफ्नै शरीरमा पेट्रोल छर्किन खोजेपछि उनलाई बैंकका कर्मचारी र दुर्गा प्रसाईंको नागरिक बचाऊ अभियानका सदस्यले जोगाए ।

उनले आफ्नो जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई धितोमा राख्न दिएको खुलेको छ । झापामा मदिरा उद्योग चलाउन साहले पौडेलसँग ब्याज दिने सहमतिमा धितो मागेका थिए । साढे २ करोड रूपैयाँमा आफ्नो जग्गा धितो राखेपछि साहले ब्याज र किस्ता दुवै नतिरेको पौडेलले बताए ।

जग्गा लिलामी प्रक्रियामा गएपछि तनाव भएको उनले बताए । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले बैंकमा पुगेर पौडेलले आगो लगाउने प्रयास गरेको बताए ।

एनआईसी एसिया बैंकले बोलाएपछि दुर्गा प्रसाईंका केही कार्यकर्ता लिएर लालबहादुर त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ४१ बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान