सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन गृहमन्त्रीको आग्रह « Khabarhub

सद्भाव र सहअस्तित्वको रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन गृहमन्त्रीको आग्रह


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले धनुषा र पर्सामा भएका केही धार्मिक सद्भाव र सहिष्णुतामाथि खलल पुर्‍याउने घटनामा गम्भीर ध्यानाकर्षण जनाउँदै सबै पक्षसँग तत्काल सद्भाव र सह-अस्तित्वको समेत रक्षा हुने गरी समाजमा हिंसा भड्किन नदिन आग्रह गरेका छन् ।  

गृह प्रशासन र सङ्घीय सरकारको तहबाट गरिनु पर्ने सबै खालका सुरक्षाका पूर्वतयारी र सजगता अपनाइएको जनाउँदै गृहमन्त्री अर्यालले एउटाको धर्म र सम्प्रदायलाई आज परेको पीडा भोलि आफ्नो समुदायमाथि पनि पर्न सक्ने भएकोले यस घटनालाई निस्तेज गर्न सबैले आ-आफ्नो ठाउँ र तहबाट जिम्मेवारी बोध गरी भूमिका निर्वाह गरिदिन आग्रह गरे । 

सोमबार गृह मन्त्रालयमा विभिन्न संवैधानिक आयोगहरूका कार्यवाहक अध्यक्षहरू, सचिव, तथा पदाधिकारीहरूसँग गरिएको सामूहिक छलफलमा गृहमन्त्री अर्यालले सो धारणा व्यक्त गरेका हुन् । 

बैठकमा गृहमन्त्री अर्यालले राज्यका संवैधानिक आयोगहरूले यस्तो अवस्थामा एउटा विवेकको संरक्षकको भूमिका निर्वाह गरिदिन आग्रहसमेत गरे । 

यस्तै, गृहमन्त्री अर्यालले हाल मधेश प्रदेश तथा अन्य केही प्रदेशमा देखिन खोजेका साम्प्रदायिकता संयमता, सजगता र  सह-अस्तित्वका आधारमा स्थितिलाई सामान्यीकरण गर्न पनि सबैमा अनुरोध गरे । 

यस्तै, मन्त्री अर्यालले यस्तो अवस्थामा प्रदेश र स्थानीय सरकारहरूले पनि समन्वयात्मक भूमिका खेलिदिएर अवस्थालाई सामान्यीकरण गर्न उनीहरूको ठुलो भूमिका रहने बताए । 

सो क्रममा मधेशी आयोगका कार्यवाहक अध्यक्ष जिवछ शाह, मुस्लिम आयोगका कावा अध्यक्ष महामदीन अलि, थारु आयोगका कावा अध्यक्ष सुबोध सिंह थारु, गृह सचिव राजकुमार श्रेष्ठ, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेल, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक टेकेन्द्र कार्की तथा गृह मन्त्रालयका  सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्ले र आयोगका अन्य सदस्यहरूको उपस्थिति थियो।  

सो क्रममा आयोगका प्राय सबै कार्यवाहक अध्यक्षहरूले अहिले मधेस प्रदेशमा देखिएका धार्मिक तथा सांस्कृतिक सद्भाव खलबलाउने गतिविधिहरूलाई केन्द्र तथा प्रदेश सरकार र समुदायका नागरिक तथा बुद्धिजीवीहरूको समन्वयात्मक भूमिका महत्त्वपूर्ण हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे ।     
     
गृहमन्त्री अर्यालको अध्यक्षतामा आजै मधेश प्रदेशसहितका २१ जिल्लाका सुरक्षा समितिका पदाधिकारी र सातै प्रदेशका प्रदेश प्रहरी प्रमुखहरूसँग ‘जुम’ बैठक सम्पन्न भएको थियो । 

बैठकमा मन्त्री अर्यालले हाल मधेश प्रदेशका जिल्लाहरूको प्रमुख जिल्ला अधिकारीहरू तथा प्रदेश प्रहरी प्रमुखसँग जिल्लाको शान्ति सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका थिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ४६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन