कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस « Khabarhub

कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि शैय्या अभाव भएको छ । जलनका बिरामीका लागि छुट्याइएका ३५ शैय्या सबै भरिएपछि जनरल बेडमा राखेर उपचार गर्नुपर्ने अवस्था छ ।

त्यसो गर्दा पनि बेड नपाएर केही बिरामीले फर्किनुपरेको जलन उपचार अभियान्ता तथा समाजसेवी उज्ज्वल विक्रम थापाले जानकारी दिएका छन् । उनका अनुसार आइतबारसम्म विभिन्न जिल्लाबाट आएका ५० भन्दा बढी जलनका बिरामी अस्पतालमा भर्ना भएका छन् ।

सोमबार आएका थप बिरामीलाई भने बेडको अभावका कारण अन्य अस्पतालमा रेफर गर्नुपरेको थियो । खबरहबसँग कुरा गर्दै थापाले भने, “यो समस्या हरेक वर्ष दोहोरिन्छ । जलनका बिरामीको सेवामा लाग्दालाग्दै म आफैँ बूढो भइसकेँ, तर सुन्ने कोही छैन ।”

उनका अनुसार नयाँ आउने बिरामीलाई टिचिङ अस्पताल र वीर अस्पतालको बर्न वार्डमा जान सल्लाह दिइएको छ । बिरामी ढिलो गरी उपचारका लागि आइपुग्दा उपचार प्रक्रिया झन् जटिल हुने गरेको पनि उनले बताए ।

थापाका अनुसार जलनका बिरामीमध्ये ठूलो संख्यामा बालबालिका पर्ने गरेका छन् । आवश्यक पूर्वाधार र शैय्याको अभावले समयमै उपचार नपाउँदा बिरामीको ज्यान जोखिममा पर्ने अवस्था रहेको उनले चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ५९ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना