कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस « Khabarhub

कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि शैय्या अभाव भएको छ । जलनका बिरामीका लागि छुट्याइएका ३५ शैय्या सबै भरिएपछि जनरल बेडमा राखेर उपचार गर्नुपर्ने अवस्था छ ।

त्यसो गर्दा पनि बेड नपाएर केही बिरामीले फर्किनुपरेको जलन उपचार अभियान्ता तथा समाजसेवी उज्ज्वल विक्रम थापाले जानकारी दिएका छन् । उनका अनुसार आइतबारसम्म विभिन्न जिल्लाबाट आएका ५० भन्दा बढी जलनका बिरामी अस्पतालमा भर्ना भएका छन् ।

सोमबार आएका थप बिरामीलाई भने बेडको अभावका कारण अन्य अस्पतालमा रेफर गर्नुपरेको थियो । खबरहबसँग कुरा गर्दै थापाले भने, “यो समस्या हरेक वर्ष दोहोरिन्छ । जलनका बिरामीको सेवामा लाग्दालाग्दै म आफैँ बूढो भइसकेँ, तर सुन्ने कोही छैन ।”

उनका अनुसार नयाँ आउने बिरामीलाई टिचिङ अस्पताल र वीर अस्पतालको बर्न वार्डमा जान सल्लाह दिइएको छ । बिरामी ढिलो गरी उपचारका लागि आइपुग्दा उपचार प्रक्रिया झन् जटिल हुने गरेको पनि उनले बताए ।

थापाका अनुसार जलनका बिरामीमध्ये ठूलो संख्यामा बालबालिका पर्ने गरेका छन् । आवश्यक पूर्वाधार र शैय्याको अभावले समयमै उपचार नपाउँदा बिरामीको ज्यान जोखिममा पर्ने अवस्था रहेको उनले चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ५९ बजे

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली

विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

सर्लाही – जिल्लाको हरिवन नगरपालिका–१ लिचीटोल निवासी विवेक परियार १७

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि