कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस « Khabarhub

कीर्तिपुर अस्पतालमा शैय्या अभाव, बिरामीलाई सकस


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जलन उपचारका लागि मुलुकको अग्रणी कीर्तिपुर अस्पतालमा बिरामीका लागि शैय्या अभाव भएको छ । जलनका बिरामीका लागि छुट्याइएका ३५ शैय्या सबै भरिएपछि जनरल बेडमा राखेर उपचार गर्नुपर्ने अवस्था छ ।

त्यसो गर्दा पनि बेड नपाएर केही बिरामीले फर्किनुपरेको जलन उपचार अभियान्ता तथा समाजसेवी उज्ज्वल विक्रम थापाले जानकारी दिएका छन् । उनका अनुसार आइतबारसम्म विभिन्न जिल्लाबाट आएका ५० भन्दा बढी जलनका बिरामी अस्पतालमा भर्ना भएका छन् ।

सोमबार आएका थप बिरामीलाई भने बेडको अभावका कारण अन्य अस्पतालमा रेफर गर्नुपरेको थियो । खबरहबसँग कुरा गर्दै थापाले भने, “यो समस्या हरेक वर्ष दोहोरिन्छ । जलनका बिरामीको सेवामा लाग्दालाग्दै म आफैँ बूढो भइसकेँ, तर सुन्ने कोही छैन ।”

उनका अनुसार नयाँ आउने बिरामीलाई टिचिङ अस्पताल र वीर अस्पतालको बर्न वार्डमा जान सल्लाह दिइएको छ । बिरामी ढिलो गरी उपचारका लागि आइपुग्दा उपचार प्रक्रिया झन् जटिल हुने गरेको पनि उनले बताए ।

थापाका अनुसार जलनका बिरामीमध्ये ठूलो संख्यामा बालबालिका पर्ने गरेका छन् । आवश्यक पूर्वाधार र शैय्याको अभावले समयमै उपचार नपाउँदा बिरामीको ज्यान जोखिममा पर्ने अवस्था रहेको उनले चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ५ : ५९ बजे

प्राधिकरणले भन्यो- तिहार र छठमा विद्युत् आपूर्ति बन्द हुन दिँदैनौँ

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले यही वर्षको तिहारको लक्ष्मीपूजाका दिन साँझ

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

काठमाडौँ– ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६

तिहारमा सयपत्री र मखमली फूलको मूल्य वृद्धि

भक्तपुर– घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री

तिहारलाई भेडाच्याङ्ग्रा लिएर पोखरा झरे व्यापारी

पोखरा- तिहारका लागि मुस्ताङ, डोल्पा, मुगुलगायत हिमाली भेगबाट भेँडाच्याङ्ग्रा लिएर

बाढीग्रस्त पर्वतको फोर्सेमा सन्नाटा, चाडपर्वले छोएन पीडितलाई (तस्बिर)

बागलुङ– बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई न दसैँले छोयो, न