राष्ट्रिय सभा निर्वाचनको भागबन्डाबारे छलफल गर्न गुण्डु पुगे कांग्रेसका खड्का र लेखक « Khabarhub

राष्ट्रिय सभा निर्वाचनको भागबन्डाबारे छलफल गर्न गुण्डु पुगे कांग्रेसका खड्का र लेखक


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा छलफल गर्न नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित गुण्डु पुगेका छन् ।

यसअघि आइतबार साँझ र सोमबार बिहान पनि एमालेका शीर्ष नेतृत्वसँग कांग्रेसका दुई नेताले यसबारे छलफल गरेका थिए । माघ ११ गते १८ सिटका लागि राष्ट्रिय सभा निर्वाचन हुँदैछ । यसका लागि दुई ठूला दल मिलेर निर्वाचनमा जान लागेका हुन् ।

त्यस्तै आज बसेको केन्द्रीय कार्यसम्पादन समितिबाटै कांग्रेस राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको थियो । यसअघि एमालेका नेतासँगको छलफलमा कांग्रेसले ८ सिटको दाबी गरेको कार्यवाहक सभापति खड्काले आजको कार्यसम्पादनमा जानकारी गराएका थिए ।

उम्मेदवारी दर्ताको दुई दिनअघि दुई दलका शीर्ष नेताहरू भागबन्डा टुंग्याउने कसरतमा लागेका हुन् ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ९ : ३९ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको