चितवनमा मङ्सिर यता ५२ वटा लागुऔषधका मुद्दा « Khabarhub

चितवनमा मङ्सिर यता ५२ वटा लागुऔषधका मुद्दा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा मङ्सिरदेखि पुस २० गतेसम्म लागुऔषधका ५२ वटा मुद्दा दर्ता भएका छन् ।

ती मुद्दामा ८१ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ७८ जना पुरुष र तीन जना महिला रहेका छन् । उनीहरुको साथबाट ३१ किलोग्राम गाँजा, २२० ग्राम खैरो हिरोइन, नौ ग्राम चरेस, पाँच हजार १२८ एम्पुल ट्रामाडोल, १३१ एम्पुल डाइजेपाम, १३१ एम्पुल फेनरागन र १३१ एम्पुल नुर्फिन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

यसैबीच आज बिहान १२४ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको राप्ती नगरपालिका–११ बस्ने ३३ वर्षीय वीरबहादुर तामाङ र ३१ वर्षीय हीरालाल तामाङ रहेका छन् । दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : १३ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला