चितवनमा मङ्सिर यता ५२ वटा लागुऔषधका मुद्दा « Khabarhub

चितवनमा मङ्सिर यता ५२ वटा लागुऔषधका मुद्दा


२१ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा मङ्सिरदेखि पुस २० गतेसम्म लागुऔषधका ५२ वटा मुद्दा दर्ता भएका छन् ।

ती मुद्दामा ८१ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ७८ जना पुरुष र तीन जना महिला रहेका छन् । उनीहरुको साथबाट ३१ किलोग्राम गाँजा, २२० ग्राम खैरो हिरोइन, नौ ग्राम चरेस, पाँच हजार १२८ एम्पुल ट्रामाडोल, १३१ एम्पुल डाइजेपाम, १३१ एम्पुल फेनरागन र १३१ एम्पुल नुर्फिन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

यसैबीच आज बिहान १२४ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको राप्ती नगरपालिका–११ बस्ने ३३ वर्षीय वीरबहादुर तामाङ र ३१ वर्षीय हीरालाल तामाङ रहेका छन् । दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  १० : १३ बजे

अमेरिकाको जलवायु सन्धि बहिर्गमन खेदजनक : ईयू

एजेन्सी– युरोपेली सङ्घ (ईयू) युनियनका जलवायु प्रमुखले अमेरिकाले संयुक्त राष्ट्रसङ्घीय

एनएमबि बैंकको ३० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन कति सम्भव ?

काठमाडौं– यतिबेला देशकै ठूलो पार्टी नेपाली कांग्रेसको विशेष महाधिवेशनको विषय

निषाद जातिको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ 

काठमाडौं– सर्वोच्च अदालतले निषाद जातिलाई आरक्षण कोटा निर्धारण गर्न आदेश

बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी

जानकी– जिल्ला प्रशासन कार्यालय बाँकेले आमाको नामबाट पहिलो पटक नागरिकता