इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने « Khabarhub

इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इरानले शुक्रबार ओमानमा अमेरिकासँग आणविक वार्ता गर्ने इरानी सञ्चारमाध्यमले जनाएका छन्।

तस्निम समाचार एजेन्सीले बताए अनुसार ‘इरान र संयुक्तराज्य अमेरिकाबीच अप्रत्यक्ष वार्ता शुक्रबार मस्कटमा हुने र वार्ता आणविक मुद्दा र इरानमाथिको प्रतिबन्ध फुकुवामा मात्र सीमित हुनेछ’।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघचीले गर्ने र इरानी प्रतिनिधिमण्डलमा वरिष्ठ कूटनीतिज्ञहरू माजिद तख्त–भाभान्ची र काजिम घारिबादी पनि रहनेछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर पनि वार्तामा सहभागी हुनसक्ने अमेरिकी कूटनीतिज्ञ स्टिभ विटकोफले बताएका छन्।

तेहरानले आफ्नो क्षेप्यास्त्र कार्यक्रम वा प्रतिरक्षा क्षमतासम्बन्धी वार्तालाई अस्वीकार गर्दै वार्ता आणविक मुद्दामा मात्र केन्द्रित हुनुपर्ने कुरामा बारम्बार जोड दिँदै आएको छ।

अराघची र विटकोफले गत वर्ष इरान र संयुक्त राज्य अमेरिकाबीच पाँच चरणको आणविक वार्ताको नेतृत्व गरेका थिए। त्यसपछि इजरायलले छैटौं चरणको योजनाअघि एक्कासी १२ दिनसम्म बमबारी गरेपछि वार्ता अवरुद्ध भएको थियो।

तेहरान र वाशिङ्गटनबीच बढ्दो तनावको बीचमा शुक्रबारको वार्ता हुनेछ। संयुक्त राज्य अमेरिकाले हालैका दिनहरूमा इरानको सरकार विरोधी प्रदर्शनको दमनपछि मध्य पूर्वमा एक युद्धपोत समूह तैनाथ गरेको छ।

तेहरानले गत महिना भएको आन्दोलनका क्रममा तीन हजारभन्दा बढीको मृत्यु भएको स्वीकार गरेको छ। इरानमा शान्तिपूर्ण विरोध प्रदर्शनको रूपमा सुरु भएको आन्दोलन इरानका ‘कट्टर शत्रुहरू’ संयुक्त राज्य अमेरिका र इजरायलले भड्काएपछि हत्या र तोडफोड हुँदै व्यापक ‘दङ्गा’ मा परिणत भएको इरानी अधिकारीहरूले थियो।

अमेरिकास्थित गैरसरकारी संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी’ले आन्दोलनमा छ हजार ८७२ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ७ : ०८ बजे

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति