तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण « Khabarhub

तीस वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेको महाभारत गाउँपालिकाले ३० वर्षभन्दा माथिका नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी आवश्यकताअनुसार औषधि वितरण अभियान सुरु गरेको छ ।

आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत ‘महाभारत बन्दै छ, बाआमालाई सन्चै छ ?’ भन्ने कार्यक्रमअन्तर्गत बुधबारदेखि अभियान सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वडा नम्बर ६ बनखुको मगर गाउँमा रहेको बनखु मगरगाउँ स्वास्थ्य चौकीबाट अभियानको शुभारम्भ गर्दै आगामी २८ गतेसम्म ४१ वटा केन्द्रबाट समुदायस्तरमा स्वास्थ्य परीक्षण एवं स्वास्थ्य शिक्षा परामर्श सेवा सञ्चालन गरिने बताए । ‘समुदायमा लुकेर रहेका र स्वास्थ्य उपचारको दायरामा नआएका उच्च रक्तचाप र मधुमेहका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याउने काम गरिरहेका छौँ,’ उनले भने, ‘त्यससँगै मिर्गौलामा देखिएको समस्या समयमा नै पहिचान गरी उपचारका लागि प्रेषण गर्ने र स्वस्थ्यकर खानपान तथा नसर्ने रोगबारे जनचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।’

हाल यहाँका नागरिकको उच्च रक्तचापको नियमित परीक्षण गरी समस्या देखिएका व्यक्तिहरुले औषधि सेवन गरिरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिसिं विष्टले बताए ।

उनका अनुसार १६ जना सुगरका बिरामी नियमित उपचारमा छन् । परीक्षणमा उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको कार्य परीक्षण र शरीरको उचाइअनुसार तौल अनुपातको परीक्षण सेवाहरु दिइरहेको उनको भनाइ छ ।

बनखु स्वास्थ्य चौकीमा भएको परीक्षणको पहिलो दिन १४१ जनाले सेवा लिएका छन् । यस्तै, नसर्ने रोगका कारण व्यक्ति, परिवार, समाज र राज्यको ठूलो रकम खर्च भइरहेकाले रोगको समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने ध्येयले पालिकाले स्वास्थ्य परीक्षण सेवालाई नियमित बनाउन परामर्श सेवासमेत दिइरहेको छ ।

निःशुल्क स्वास्थ्य परीक्षणअन्तर्गत गत आर्थिक वर्ष २०८१८२ मा एक हजार ९०७ जनामा नसर्ने रोगको परीक्षण गरिएको थियो । तीमध्ये १४१ जनाले नसर्ने रोगको औषधि सेवन गरिरहेको र गाउँपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ७ : ५८ बजे

चट्याङ लागेर एक युवकको मृत्यु

गोरखा– गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशसभा बैठक बस्दै

दाङ– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज बस्दैछ ।

प्रधानमन्त्री शाहले आज विश्वविद्यालयका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल

इरानी पानी जहाज नियन्त्रणमा लिएको अमेरिकाको दाबी, इरान भन्छ– ‘समुद्री डकैतीको जवाफ दिन्छौँ’

काठमाडौँ– अमेरिकाले स्ट्रेट अफ होर्मुज नजिकैबाट एउटा इरानी पानीजहाज नियन्त्रणमा

कांग्रेस विवादमा सहमति : नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

काठमाडौँ– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवादमा सहमतिको वातावरण बनेको छ