प्रतिनिधिसभा निर्वाचन : महोत्तरी–४ मा स्वास्थ्य, शिक्षा र विकासमा मतदाताको चासो « Khabarhub

प्रतिनिधिसभा निर्वाचन : महोत्तरी–४ मा स्वास्थ्य, शिक्षा र विकासमा मतदाताको चासो


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत महोत्तरीको निर्वाचन क्षेत्र–४ मा चुनावी चर्चा चुलिएको छ । उम्मेदवारसँगै राजनीतिक दलका कार्यकर्ता गाउँबस्ती पुगेर मत माग्न व्यस्त छन् ।

दक्षिणी सीमा भारत र पश्चिममा सर्लाही जिल्ला पर्ने यस क्षेत्रका मतदाता विकासका दृष्टिले धेरै पछाडि छ । यहाँका बासिन्दाले स्वास्थ्य सेवाका निम्ति भारत जानुपर्ने बाध्यता छ ।

‘कोही बिरामी परेमा भारतीय मुद्रा साट्न दौडनुपर्छ, बिरामी हुँदा सीतामढी पुग्नुपर्ने बाध्यता छ’, सम्सी गाउँपालिका–६ का ३५ वर्षीय इम्तियाज अहमद दुखेसो गर्छन् ।

जिल्लाको दक्षिणपश्चिममा पर्ने सोनमा गाउँपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकाका अधिकांश बस्तीहरूमा स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रले भरपर्दो सेवा नदिँदा बिरामी भारत जान बाध्य हुन्छन् । सम्सी–६ का ४० वर्षीय शेष सौरात भन्छन्, ‘मान्छेको स्वास्थ्य उपचारसँग जोडिने विषय चुनावमा पर्याप्त महत्व पाएको छैन ।’

क्षेत्रको पूर्वी भेगमा पर्ने रामगोपालपुर, मनराशिशवा र औरहीकाभन्दा सम्सी र सोनमाका बासिन्दाका पीडा बढी सुनिन्छन् । सोनमा–३ का रामकलेवर यादव भन्छन्, ‘यहाँ स्तरीय न अस्पताल छन्, न गुणस्तरीय शिक्षाको व्यवस्था छ । बर्खामा मडहा र हर्दी नदीले कटान बढाउँछन्, जागै रात बिताउनुपर्छ ।’

यहाँका किसान अकासे खेतीमा निर्भर छन् । सोनमा–२ का सामाजिक–राजनीतिक कार्यकर्ता मदन साहले भने, ‘गाउँमा पूर्व–पश्चिम दुवैतिर नदी छन्, तर सिँचाइको व्यवस्था छैन । नदी वरदान हुनुपर्नेमा अभिशाप बनेका छन् ।’

मतका निम्ति घरदैलो गरिरहेका उम्मेदवारहरू सुविधासम्पन्न अस्पताल, गुणस्तरीय विद्यालय, नदीमा पक्की तटबन्ध र कुलो खन्नेसम्मका आश्वासन दिन थालेका छन् ।

यो क्षेत्रमा १३ राजनीतिक दलका र २३ स्वतन्त्र उम्मेदवार छन् । राजनीतिक दलका चार र तीन स्वतन्त्र सहित सात महिला उम्मेदवार छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका उम्मेदवार दलगत प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, नेकपा संयुक्त, उज्यालो नेपाल पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, आम जनता पार्टी र जनता लोकतान्त्रिक पार्टीका उम्मेदवार पनि मैदानमा छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १० : ०३ बजे

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न सरकारसँग जेनजी मुभमेन्टको माग

काठमाडौँ– जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने

काठमाडौँ– सरकारले अबदेखि राष्ट्रसेवक कर्मचारीहरूलाई पाक्षिक (अर्धमासिक) रुपमा तलबभत्ता उपलब्ध

भुइँमान्छेमाथि निर्मम बन्दै सरकार : गरिबको चमेली बोल्दिने कोही छैन !

काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई होला त कारवाही ?

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ