निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न « Khabarhub

निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रसुवा– रसुवामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने सन्दर्भमा सर्वदलीय बैठक बसेको छ ।

मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीको अध्यक्षतामा बुधबार सम्पन्न बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, उम्मेदवार, सञ्चारकर्मी, स्थानीय प्रशासक, सुरक्षा निकायका प्रमुखलगायत उपस्थित थिए ।

बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालना गर्ने, निर्वाचनसम्बन्धी भेला तथा कार्यक्रम गर्दा मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई जानकारी गराउनका साथै सहभागी सबैले आ–आफ्नो क्षेत्रबाट निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

रसुवामा नौ वटा राजनीतिक दल तथा तीन जना स्वतन्त्र उम्मेदवार चुनावमा होमिएका छन् । नेपाली कांग्रेसबाट मोहन आचार्य, नेकपाबाट माधवप्रसाद लामिछाने, नेकपा एमालेका प्रेम तामाङ, रास्वपाबाट वसन्त भट्ट, उज्यालो नेपालबाट मानबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनका विनोद थिङ, राप्रपाका हरिप्रसाद घिमिरे, नेकपा माओवादीका होमप्रसाद आचार्य, प्रगतिशील लोकतान्त्रिक दलका तर्फबाट दावा तमाङ उम्मेदवार छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १० : ३८ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण