उदयपुर सिमेन्टमा पुगेर बालेन भन्छन्- उद्योग देशका मेरुदण्ड हुन् « Khabarhub

उदयपुर सिमेन्टमा पुगेर बालेन भन्छन्- उद्योग देशका मेरुदण्ड हुन्


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उद्योग देशका मेरुदण्ड भएको बताएका छन् ।

उदयपुर सिमेन्ट उद्योगमा पुगेको तस्बिर सार्वजनिक गर्दै बालेनले यस्तो बताएका हुन् । उद्योगको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने भन्दै उनले यस्तो बताएका हुन्।

काठमाडौं महानगरका पूर्वमेयर एवम् झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेनले देशको आर्थिक समृद्धिका लागि उद्योगले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।
उनले उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिए ।

‘उद्योगहरू देशको मेरुदण्ड हुन् । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ।
उदयपुर सिमेन्ट जस्तो उद्योगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नुपर्छ ।’

बालेन अहिले चुनावी अभियानमा पूर्व पुगेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १२ : ४२ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार