प्रदेश सहकारी तेस्रो संशोधन नियमावली स्वीकृत « Khabarhub

प्रदेश सहकारी तेस्रो संशोधन नियमावली स्वीकृत


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेश सहकारी तेस्रो संशोधन नियमावली, २०८२ लाई स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको हो।  

यस्तै बैठकले वन तथा वातावरण मन्त्रालयले पेस गरेको प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरिएको प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पेश गरेको अस्थायी संगठन संरचना स्वीकृत गरेको छ । यस्तै आर्थिक वर्ष २०८२- ८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको हो । 

यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पेश भएको ज्ञान व्यवस्थापन तथा संस्थागत स्मृति हस्तान्तरण सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने पनि निर्णय भएको सरकारका प्रवक्ता पन्थीले जानकारी दिए ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १ : १५ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले