प्रचण्डको दाबी : एमाले जनताबाट तिरस्कृत भइसक्यो, तालमेल नगरी हामी पहिलो दल बन्छौँ « Khabarhub

प्रचण्डको दाबी : एमाले जनताबाट तिरस्कृत भइसक्यो, तालमेल नगरी हामी पहिलो दल बन्छौँ


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् ।

उनले यस पटक नेकपा एमाले र नेपाली कांग्रेससहितका कुनै दलसँग चुनावी तालमेल नगरिने पनि बताएका छन् ।

बिहीबार पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकलाई सम्बोधन गर्दै उनले तालमेलको सम्भावनालाई अस्वीकार गरेका हुन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालबीच सम्भावित चुनावी तालमेलबारेमा वार्ता भएको थियो ।

उनले यस पटकको निर्वाचनमा एमालेभन्दा धेरै सीट नेकपाले जित्ने निश्चित भएको पनि जिकिर गरेका छन् ।

उनले एमालेसँग चुनावी तालमेलको सम्भावनाबारे सामाजिक सञ्जालमा आइरहेका कुराहरूमा सत्यता नरहेको पनि बताएका छन् ।

दाहालले एमालेलाई जनताबाट तिरस्कृत र अस्वीकृत तत्वको संज्ञा दिएका छन् । उनले यस पटक कुनै पनि दलसँग कहीँ पनि चुनावी गठबन्धन वा तालमेल नहुने जवाफ नेताहरूलाई दिएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १ : ३७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म