प्रचण्डको दाबी : एमाले जनताबाट तिरस्कृत भइसक्यो, तालमेल नगरी हामी पहिलो दल बन्छौँ « Khabarhub

प्रचण्डको दाबी : एमाले जनताबाट तिरस्कृत भइसक्यो, तालमेल नगरी हामी पहिलो दल बन्छौँ


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् ।

उनले यस पटक नेकपा एमाले र नेपाली कांग्रेससहितका कुनै दलसँग चुनावी तालमेल नगरिने पनि बताएका छन् ।

बिहीबार पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकलाई सम्बोधन गर्दै उनले तालमेलको सम्भावनालाई अस्वीकार गरेका हुन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालबीच सम्भावित चुनावी तालमेलबारेमा वार्ता भएको थियो ।

उनले यस पटकको निर्वाचनमा एमालेभन्दा धेरै सीट नेकपाले जित्ने निश्चित भएको पनि जिकिर गरेका छन् ।

उनले एमालेसँग चुनावी तालमेलको सम्भावनाबारे सामाजिक सञ्जालमा आइरहेका कुराहरूमा सत्यता नरहेको पनि बताएका छन् ।

दाहालले एमालेलाई जनताबाट तिरस्कृत र अस्वीकृत तत्वको संज्ञा दिएका छन् । उनले यस पटक कुनै पनि दलसँग कहीँ पनि चुनावी गठबन्धन वा तालमेल नहुने जवाफ नेताहरूलाई दिएका छन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १ : ३७ बजे

इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित

इन्डोनेसिया– पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार गएको शक्तिशाली भूकम्पपछि करिब

नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्ने

काठमाडौं– नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले आगामी

९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन

शाहरुख खानपछि रानी मुखर्जीलाई ला ट्रोब विश्वविद्यालयबाट मानार्थ डक्टरेट

काठमाडौं- बलिउड अभिनेत्री रानी मुखर्जीको सफल फिल्मी यात्रामा अर्को प्रतिष्ठित