आचारसंहिताको निष्पक्ष अनुगमन गर्न सहायक प्रजिअलाई निर्देशन « Khabarhub

आचारसंहिताको निष्पक्ष अनुगमन गर्न सहायक प्रजिअलाई निर्देशन


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकिएका ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आफ्नो जिम्मेवारी निष्पक्ष र निर्भीक रूपमा प्रभावकारी ढङ्गले निर्वाह गर्न परिपत्र जारी गरेको छ ।

मन्त्रालयले निर्वाचन अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न आवश्यक कदम चाल्न र त्यससम्बन्धी विवरण नियमित रूपमा मन्त्रालयमा पेश गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ को जिल्लास्तरमा प्रभावकारी अनुगमन र कार्यान्वयन सुनिश्चित गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।

यस्तै, मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय रूपमा सम्पन्न गर्न सचिवको संयोजकत्वमा केन्द्रीय कमाण्ड पोस्ट समेत गठन गरेको जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १ : ४८ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले