विनिता कठायतलाई ज्ञानेन्द्र शाहीको जवाफ : बाझेर होइन, सौहार्द रुपमा जुम्ली जनताको आशीर्वाद लिनू « Khabarhub

विनिता कठायतलाई ज्ञानेन्द्र शाहीको जवाफ : बाझेर होइन, सौहार्द रुपमा जुम्ली जनताको आशीर्वाद लिनू


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवम् जुम्लाबाट प्रतिनिधि सभाकाा उम्मेदवार ज्ञानेन्द्र शाहीले एकजुट भएर अघि बढ्न जिल्लास्थित उम्मेदवारहरूलाई आग्रह गरेका छन् ।

फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै उनले आफ्नो उम्मेदवारी कुनै दल र पार्टीविरुद्ध नभएको बताएका छन् । शाहीले अन्य दललाई सौहार्दरुपमा प्रतिस्पर्धा गर्न भनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार ज्ञानेन्द्र शाहीले एकताबद्ध भएर अघि बढ्न जिल्लाका उम्मेदवारहरूलाई आह्वान गरेका छन् ।

सबैले आपसमा बाझेर भन्दा एकजुट भएर जुम्ली जनताको आशीर्वाद लिनुपर्ने उनले बताएका छन् ।

‘मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिविरुद्ध होइन । मेरो उम्मेदवारी केन्द्रले सधैँ जुम्लाका जनप्रतिनिधिलाई गर्ने दासजस्तै व्यवहारविरुद्ध हो,’ उनले भनेका छन्, ‘एउटै टेबलमा र कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु हाम्रो कर्तव्य हो । त्यसरी प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्ने चुनावी माहौलमा होमिनु पर्छ ।’

यसअघि शाहीले मतदातामा भ्रम फैल्याएर भोट मागिरहेको भन्दै जुम्लाकी रास्वपा उम्मेदवार विनिता कठायतले आपत्ति जनाएकी थिइन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै कठायतले बालेन्द्र साह र रवि लामिछानेको लठ्ठी समातेर शाहीले चुनाव जित्न खोजेको आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १ : ४६ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा