विनिता कठायतलाई ज्ञानेन्द्र शाहीको जवाफ : बाझेर होइन, सौहार्द रुपमा जुम्ली जनताको आशीर्वाद लिनू « Khabarhub

विनिता कठायतलाई ज्ञानेन्द्र शाहीको जवाफ : बाझेर होइन, सौहार्द रुपमा जुम्ली जनताको आशीर्वाद लिनू


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवम् जुम्लाबाट प्रतिनिधि सभाकाा उम्मेदवार ज्ञानेन्द्र शाहीले एकजुट भएर अघि बढ्न जिल्लास्थित उम्मेदवारहरूलाई आग्रह गरेका छन् ।

फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै उनले आफ्नो उम्मेदवारी कुनै दल र पार्टीविरुद्ध नभएको बताएका छन् । शाहीले अन्य दललाई सौहार्दरुपमा प्रतिस्पर्धा गर्न भनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं जुम्लाबाट प्रतिनिधि सभा उम्मेदवार ज्ञानेन्द्र शाहीले एकताबद्ध भएर अघि बढ्न जिल्लाका उम्मेदवारहरूलाई आह्वान गरेका छन् ।

सबैले आपसमा बाझेर भन्दा एकजुट भएर जुम्ली जनताको आशीर्वाद लिनुपर्ने उनले बताएका छन् ।

‘मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिविरुद्ध होइन । मेरो उम्मेदवारी केन्द्रले सधैँ जुम्लाका जनप्रतिनिधिलाई गर्ने दासजस्तै व्यवहारविरुद्ध हो,’ उनले भनेका छन्, ‘एउटै टेबलमा र कपमा चिया खाएर जुम्ली जनताको आशीर्वाद ग्रहण गर्नु हाम्रो कर्तव्य हो । त्यसरी प्रजातान्त्रिक प्रक्रियालाई अभ्यास गर्ने चुनावी माहौलमा होमिनु पर्छ ।’

यसअघि शाहीले मतदातामा भ्रम फैल्याएर भोट मागिरहेको भन्दै जुम्लाकी रास्वपा उम्मेदवार विनिता कठायतले आपत्ति जनाएकी थिइन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै कठायतले बालेन्द्र साह र रवि लामिछानेको लठ्ठी समातेर शाहीले चुनाव जित्न खोजेको आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  १ : ४६ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री