श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड « Khabarhub

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा प्रेस चौतारी नेपालको जोड


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालले आफ्नो २८औँ स्थापना दिवसका अवसरमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिएको छ ।    

चौतारीका महासचिव हिरामान लामाले जारी गरेको शुभकामना सन्देशमा श्रमजीवी पत्रकारको हक–अधिकारका लागि सङ्घर्ष, निरङ्कुशता विरुद्धको आन्दोलन, आमसञ्चार नीति निर्माण, श्रमजीवि पत्रकार ऐन कार्यान्वयनमा जोड दिइएको छ ।

‘नेपाली सञ्चार जगतमा तथ्यभन्दा भ्रम, निष्पक्षताभन्दा प्रचारबाजी, सूचना प्रवाहभन्दा व्यापार र सूचना–प्रविधिको उपयोगभन्दा दुरुपयोग बढ्दो मात्रामा देखिनु चिन्ताजनक यथार्थ बनेको छ,’ सन्देशमा भनिएको छ, ‘यस सन्दर्भमा सङ्गठनलाई प्रविधिमैत्री बनाउँदै डिजिटल संरचना सुदृढीकरण, दक्ष जनशक्ति विकास र आधुनिक सञ्चार संयन्त्र विस्तार हाम्रो प्राथमिकता हो ।’

चौतारीले डाटा सुरक्षा, डिजिटल अर्थतन्त्रको न्यायोचित विकास र राष्ट्रिय स्वाधीनताको रक्षामा नीतिगत सतर्कता अपरिहार्य भएको र सञ्चार तथा सूचना–प्रविधिको  जिम्मेवारीपूर्ण प्रयोगले लोकतन्त्रलाई सुदृढ बनाउने उल्लेख गरेको छ ।

मुलुकमा लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विचार तथा अभिव्यक्ति स्वतन्त्रता र पूर्ण प्रेस स्वतन्त्रता संरक्षण र उचाइमा पुर्याउन महत्वपूर्ण योगदान पुर्‍याउने संस्थापक अध्यक्ष स्व विजय चालिसे र स्व अग्नि शिखालगायत सबैप्रति उच्च सम्मान समेत प्रकट गरेको छ ।

विसं २०५५ मङ्सिरमा आयोजित भेलाद्वारा गठित तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो । सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गते स्थापना दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  १ : ५६ बजे

राजेश हमालको फिल्ममा लगानी गर्ने भन्दै भ्रष्टाचार, पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं- महानायक राजेश हमालको निर्देशनमा फिल्म बनाउन लागेको भन्दै भ्रष्टाचार

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको