युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान « Khabarhub

युद्धविराम हुँदा पनि रोकिएन गाजामा नरसंहार, इजरायलले एकैदिन लियो २३ जनाको ज्यान


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गाजा- इजरायलले गाजा पट्टीभरि गरेको आक्रमणमा बुधबार कम्तीमा २३ जना प्यालेस्टिनीको ज्यान गएको छ। चिकित्सकहरूलाई उद्धृत गर्दै अल जजिराले जनाए अनुसार अक्टोबरमा ‘युद्धविराम’ सुरू भएयताकै सबैभन्दा घातक दिनमध्ये यो एक हो।

अल जजिरासँग कुरा गर्दै चिकित्सकहरूले बुधबार मारिनेमा धेरै बालबालिका छन् । जसमा ११ वर्षीया एक बालिका पनि मारिएकी छन् ।

गाजा सिटीका तुफ्फाह र जाइतुन क्षेत्रमा इजरायली गोलाबारीमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। दक्षिणी गाजाको खान युनिसको दक्षिणतर्फ रहेको किजान अबु रश्वान क्षेत्रमा विस्थापितहरू आश्रय लिइरहेका टेन्टमा गरिएको आक्रमणमा थप चारजनाको ज्यान गएको जनाइएको छ।

अल–मवासी तटीय क्षेत्रमा रहेको टेन्ट क्याम्पमा इजरायली हवाई आक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अनुसार मृतकमध्ये एक जना प्रथम उद्धारकर्मी हुसेन हसन हुसेन अल–सुमैरी छन्।

खान युनिसबाट अल जजिराका संवाददाता तारेक अबु अज्जुमले गाजा सिटीका थुप्रै आवासीय घरहरू ‘कुनै पूर्वसूचनाबिना नै सीधै लक्षित गरी क्षतिग्रस्त’ गरिएको बताए।

उनका अनुसार संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको भनिएको ‘युद्धविराम’ जारी रहँदासमेत आक्रमण हुँदा गाजाका प्यालेस्टिनीहरू ‘कुनै पनि राहतको अनुभूति गर्न नपाउने अवस्थामा’ पुगेका छन्।

‘पछिल्ला केही घण्टामा गाजाभर इजरायली सैन्य गतिविधि तीव्र भएको छ,’ उनले भने, ‘माथिबाट इजरायली ड्रोनहरू उडिरहेको आवाज सुनिन्छ, जसले थप सम्भावित आक्रमणको संकेत गर्छ।’

इजरायली सेनाले उत्तरी गाजामा एक रिजर्भ अधिकृतमाथि गोली प्रहार भई गम्भीर घाइते भएपछि आफ्नो बख्तरबन्द इकाइ र विमानले आक्रमण गरेको जनाएको छ।

अबु अज्जुमले इजरायलले पूर्वी गाजामा ‘पहेँलो रेखा’को स्थान सारिरहेको भन्दै त्यहाँका बासिन्दामा त्रास बढेको बताए।

‘युद्धविराम’ लागू भएको करिब चार महिनामा इजरायलले ५२० भन्दा बढी प्यालेस्टिनीको हत्या गरिसकेको छ।

बुधबार गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलले ५४ जना प्यालेस्टिनीका शव र ६६ वटा ‘मानव अवशेष र अंगहरू’ भएको बक्स हस्तान्तरण गरेको जनाएको छ।

मन्त्रालयका अनुसार ती शव र अवशेषहरू इजरायली अधिकारीहरूले रेड क्रसलाई बुझाएका हुन्। अब तिनको गाजामा चिकित्सक टोलीले परीक्षण गर्ने र त्यसपछि परिवारलाई बुझाइनेछ।

अक्टोबर ७, २०२३ देखि सुरु भएको युद्धयता इजरायली आक्रमणमा कम्तीमा ७१,८०३ प्यालेस्टिनी मारिएका छन्।

मानव अधिकार समूहहरू र संयुक्त राष्ट्रसंघीय अनुसन्धानले गाजामा इजरायली सैन्य कारबाहीलाई ‘नरसंहार’ भनेका छन्।

इजरायलविरुद्ध नरसंहारको मुद्दा नेदरल्यान्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा विचाराधीन छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  २ : ०२ बजे

मुखमा जाल अड्किएको घडियालको उद्धार

नवलपुर- अति सङ्कटापन्न अवस्थाको वन्यजन्तुमा सूचीकृत घडियाल (गोही)को नारायणी नदीबाट

कानुनविपरीत भइरहेका विदेशी सवारीको प्रयोग सम्बन्धमा ध्यानाकर्षण

गण्डकी- नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले कानुनविपरीत

मत माग्न चितवन पुगे रवि 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पुगेका

कमला नदी तरेर कुलमानले थाले मधेशमा चुनावी यात्रा

सिराहा– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ बिहीबारबाट मधेशको चुनवाी