फागुन २१ गते एकै चरणमा निर्वाचन, प्रधानमन्त्रीसँगको वार्तापछि एमाले अध्यक्ष ओली पनि तयार « Khabarhub

फागुन २१ गते एकै चरणमा निर्वाचन, प्रधानमन्त्रीसँगको वार्तापछि एमाले अध्यक्ष ओली पनि तयार


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने गरी तयारी तीव्र पारेको छ।

हिमाली करिब २३ वटा जिल्लामा चिसोका कारण हुन नसक्ने दलहरूको धारणाबीच सरकारले एकै चरणमा सबै ७७ जिल्लामा निर्वाचन गर्ने निष्कर्षसहित काम अघि बढाएको हो ।

बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीबीच करिब २ घण्टा लामो वार्ताका क्रममा निर्वाचन एकै चरणमा गर्ने कुरामा सहमति भएको हो ।

‘अब निर्वाचन सर्दैन । एमाले अध्यक्ष ओली पनि एकै चरणमा निर्वाचनका लागि तयार हुनु भयो’, स्रोतले भन्यो, ‘सरकारले शान्ति सुरक्षाको पूर्ण ग्यारेन्टी गरेर हिमाली, पहाडी र तराई मधेशका सबै जिल्लामा फागुन २१ गते नै निर्वाचन गराउने भएको छ।’

बिहीाबारको वार्तामा प्रधानमन्त्री कार्कीले ओलीसँग निर्वाचनको तयारी र देशको सुरक्षा अवस्थाबारे जानकारी गराएकी थिइन् । उनले निर्वाचनमा सुरक्षाका लागि कुनै कसर बाँकी नराख्ने बताउँदै एकै चरणमा सम्पन्न गर्ने उल्लेख गरेकी थिइन् ।

बुधबारदेखि ८० हजार सेना सडकमा निस्किएकाले शान्ति सुरक्षाको वातावरण बलियो रहेको निष्कर्षसहित उक्त तयारीलाई गति दिइएको एक सरकारी अधिकारीले बताएका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेसहितका शीर्ष दलहरू पनि एकै चरणमा निर्वाचन हुनुपर्ने माग गर्दै आएका छन् । तर प्रधानमन्त्री सुशीला कार्कीले भने हिमाली जिल्लाको अवस्था हेरेर दुई चरणमा गर्न सक्ने बताएकी थिइन् । बिहीबार बालुवाटारमा प्रधानमन्त्रीसँग भएको संवादपछि ओली पनि एकै चरणमा चुनाव गराउन सहमत भएपछि यो वातावरणबनेको हो ।

सरकारले सेनासमेत सडकमा निस्किएसँगै ७७ जिल्लाका १६५ क्षेत्रमा एकसाथ निर्वाचन गर्ने गरी तयारी तीव्र पारेको हो । निर्वाचन आयोगले पनि अहिलेसम्म ५५ जिल्लाको मतपत्र छापिसकेको जनाएको छ । अब कांग्रेस, एमाले र नेकपासहितका दलहरू पनि तयार भएपछि निर्वाचन सर्ने र दुई चरणमा लैजाने सम्भावना सकिएको हो ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  २ : २३ बजे

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक

बिहीबार राति ईरानमाथि ठूलो हमला गर्ने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध थप सैन्य कारबाहीको