कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह « Khabarhub

कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह


२२ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको समाधान संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव ४७  को पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने बताएका छन् ।

कश्मीर एकता दिवसका अवसरमा आज यहाँस्थित दूतावासमा आयोजित कार्यक्रममा राजदूत हाश्मीले उक्त प्रस्तावले समस्या समाधानका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गरेको उल्लेख गरे। 

प्रस्तावमा भारत र पाकिस्तानबीच युद्धविराम, कश्मिरबाट सैन्य बल फिर्ता तथा जम्मु–कश्मीरका जनतालाई आफ्नो भविष्य स्वयं निर्धारण गर्न स्वतन्त्र तथा निष्पक्ष जनमतसङ्ग्रहको व्यवस्था गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सुनिश्चित गरेको कश्मीरी जनताको आत्मनिर्णयको अधिकारसम्बन्धी प्रस्ताव पारित भएको सात दशक बितिसक्दा पनि अझै पूरा हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे। कश्मीरसम्बन्धी संयुक्त राष्ट्रका प्रस्तावहरूको कार्यान्वयन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा राजदूत हाश्मीले जोड दिए ।

कश्मीर एकता दिवस कश्मीरी जनताप्रति ऐक्यबद्धता प्रकट गर्न तथा कश्मीर विवाद अझै समाधान हुन नसकेको अवस्थालाई उजागर गर्न प्रत्येक वर्ष मनाइने गरिन्छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार  ५ : ४० बजे

एक महिनामा सरकारको आयव्यय : राजस्व प्राप्ति ५.८४ प्रतिशत, पुँजीगत खर्च १ प्रतिशत तल

काठमाडौं– चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउन ३१

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड पहिरो,

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ, ‘कायापलट गर्न सक्दिनँ, बरू भोट फिर्ता लैजानुस्’

गोरखा- गोरखाको शहीद लखन गाउँपालिका-९ का मतदाताले चुनावका क्रममा गरेका

नक्साल नागपोखरीमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन आज नाग पञ्चमी पर्व मनाइँदै