कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह « Khabarhub

कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह


२२ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि पाकिस्तानी राजदूत अबरार हाश्मीले कश्मीरसम्बन्धी दीर्घकालीन विवादको समाधान संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव ४७  को पूर्ण कार्यान्वयनबाट मात्र सम्भव हुने बताएका छन् ।

कश्मीर एकता दिवसका अवसरमा आज यहाँस्थित दूतावासमा आयोजित कार्यक्रममा राजदूत हाश्मीले उक्त प्रस्तावले समस्या समाधानका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गरेको उल्लेख गरे। 

प्रस्तावमा भारत र पाकिस्तानबीच युद्धविराम, कश्मिरबाट सैन्य बल फिर्ता तथा जम्मु–कश्मीरका जनतालाई आफ्नो भविष्य स्वयं निर्धारण गर्न स्वतन्त्र तथा निष्पक्ष जनमतसङ्ग्रहको व्यवस्था गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सुनिश्चित गरेको कश्मीरी जनताको आत्मनिर्णयको अधिकारसम्बन्धी प्रस्ताव पारित भएको सात दशक बितिसक्दा पनि अझै पूरा हुन नसकेकामा उनले चिन्ता व्यक्त गरे। कश्मीरसम्बन्धी संयुक्त राष्ट्रका प्रस्तावहरूको कार्यान्वयन सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले अझ सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा राजदूत हाश्मीले जोड दिए ।

कश्मीर एकता दिवस कश्मीरी जनताप्रति ऐक्यबद्धता प्रकट गर्न तथा कश्मीर विवाद अझै समाधान हुन नसकेको अवस्थालाई उजागर गर्न प्रत्येक वर्ष मनाइने गरिन्छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहिबार  ५ : ४० बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार